Tuesday, 26 September 2017 12:34 am, Nepal

काभ्रेमा ६ बर्षदेखि छोरीलाई धम्क्याएर बलात्कार

मेचीकाली : 2014-08-25 18:29:46


आरोपी बाबु प्रहरीको हिरासतमा

काभ्रे ९ भदौ : २०६६ सालदेखि आफूलाई बाबुले बलात्कार गर्दै आएको काभ्रेकी एक युवतीले ६ बर्षपछि खुलासा गरेकी छन् । ६ बर्षसम्म बाबुको अत्याचार सहँदै आएकी ती युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफूलाई बाबुले नै लामो समयदेखि बलात्कार गर्दै आएको भन्दै जाहेरी दिएपछि यो घटनाको खुलासा भएको हो । युवतीको जाहेरीपछि प्रहरीले आरोपी बाबुलाई पक्राउ गरेको छ । 

घटना काभ्रेको पनौती २ सुब्बागाउँको हो । त्यहाँका ४७ बर्षीया एक बाबुले यो घिनलाग्दो हर्कत २०६६ सालदेखि गर्दै आएका थिए । लामो समयदेखि डरत्रास देखाएपछि उनले यो कुरा भन्न सकेकी थिइनन् । तर, जब बाबुको अत्याचार बढ्दै गयो युवतीले केही समयअघि विष सेवन गरेर आत्महत्याको प्रयास गरिन् । योबारेमा जानकारी आएपछि प्रहरीले अनसन्धान गर्ने क्रममा यो घटना बाहिर आएको हो । 

विष सेवन गरेर गम्भीर अवस्थामा लामो समय उपचार गराएपछि युवती अस्पतालबाट डिस्चार्ज भएर उनले दिएको निवेदनका आधारमा प्रहरी छोरी बलात्कार गर्ने बाबुलाई आईतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख अरुणकुमार बिसीले जानकारी दिए । 

छोरी बलात्कारको आरोप लागेका बाबु विरुद्ध जर्वजस्ती करणी मुद्दा दर्ता गरि आज जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी बिसीले बताए । 

नोट ः बाबुको नाम खोल्दा पीडित छोरीको पनि गोपनीयता भंग हुने भएकाले यहाँ दुबैको नाम उल्लेख गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु