Friday, 22 September 2017 05:36 pm, Nepal

उडान नहुँदा पर्यटक पाँच दिनदेखि अलपत्र

मेचीकाली : 2014-08-23 13:10:39


सोलुखुम्बु, ७ भदौ : पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा गएको पाँच दिनदेखि उडान हुन नसक्दा पर्यटक अलपत्र परेका छन् ।  बिहानदेखि साँझसम्म बाक्लो कुहिरो तथा वर्षासमेत हुने गरेकाले गत ३ गतेदेखि लुक्लामा कुनै उडान हुन नसकेको हो । 

पर्यटकीय सिजन सामान्य रहेको भए पनि यसबेला लुक्लामा करिब डेढ सय पर्यटक उडानको पर्खाइका रहेका छन् । उनीहरुमध्ये धेरै अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ भइसकेकाले समस्या भएको बताउँछन् ।  मौसममा सुधार हुने आशामा पर्यटक दिनभर विमानस्थल आसपासमा रहने गरेको भए पनि मौसम खराबीका कारण समस्या भएको विभिन्न एयरलाइन्सहरुले बताएका छन् ।  उडान हुन नसक्दा नजिकिँदो पर्यटकीय मौसमका लागि खाद्यान्नलगायतका आवश्यकीय सामग्री ढुवानीका लागिसमेत समस्या भएको लुक्लाका व्यवसायी सोनाम शेर्पाले बताउनुभयो । 

लुक्ला विमानस्थलबाट अहिले तारा, सीता, नेपाल एयरलाइन्स र  सिम्रकले उडान भर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु