Friday, 22 September 2017 05:36 pm, Nepal

सिन्धुलीमा कमला नदीले बगाउदा २ जनाको ज्यान गयो

मेचीकाली : 2014-08-21 17:36:53


सिन्धुली, ५ भदौ : सिन्धुलीमा कमला नदीले बगाएर आज २ जनाको ज्यान गएको छ । रानीचुरीबाट कमलामाई १२ भिमान जानको लागि  कमला नदी तर्ने क्रममा बगाउदा  बगाउदा २ जनाको ज्यान गएको हो । नदीले बगाउदा सिन्धुलीको कमलामाई नगरपालीका १३ निवासी २२ बर्षिया सिता मगर र महोत्तरी गौरीबास निवासी १२ बर्षिया कविता भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

 दुइजनाको शव कमलामाई नगरपालीका १५ को भडार भन्ने ठाउमा फेला परेको थियो । नदीमा बगेका अन्य २ जना महोत्तरी गौरीबासका दिदीभाई २२ वर्षिय लिला भुजेल, १० वर्षिय नविन भुजेललाई उद्धार गरिएको सिन्धुली प्रहरीले जनाएको छ । उद्धार गरिएका दुबैजनाको भिमान स्थित स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु