Sunday, 24 September 2017 02:33 pm, Nepal

निर्माण सक्नुपर्ने वर्ष बित्दा पनि काम सुरु भएन

रासस : 2014-08-21 10:35:37


खोटाङ, ५ भदौ : निर्माण सम्पन्न गर्नुपर्ने वर्ष दिन बितिसक्दा पनि खोटाङको स.छितापोखरीमा विस्तार गर्न लागिएको विद्युत् विस्तारको काम हालसम्म सुरु भएको छैन ।  सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत गाविसका ४४३ घरपरिवारलाई पुग्ने गरी विस्तार गर्न लागिएको विद्युत् विस्तार आयोजना हालसम्म पनि सुरु नभएको हो । 

विसं २०७० भदौ १४ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएको विद्युत् आयोजनाको जिम्मा वाइवा इन्फोटेक प्रालि नयाँबजार काठमाडौँले लिएको छ । सम्झौता भएलगत्तै आफूहरूले सबै प्रक्रिया पूरा गरे पनि ठेकेदारको हेल्चक्र्याइँका कारण हालसम्म कुनै पनि काम सुरु नभएको उपभोक्ता समितिका अध्यक्ष पूर्ण खड्काले गुनासो गर्नुुभयो । उहाँले भन्नुभयो–“वर्ष दिनभित्र निर्माण सम्पन्न गर्ने गरी २०६९ भदौ १४ गते सम्झौता भयो तर अहिलेसम्म ठेकेदार सम्पर्कमा छैन ।”

बिजुली बल्ने भएपछि सबै घरपरिवारले आफूले बुझाउनुपर्ने रकम सम्झौता भएअनुसार सङ्कलन गरेर बैंकमा जम्मा गरे पनि हालसम्म विद्युत् विस्तारको काम सुरु नभएको कोषाध्यक्ष विमल खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“विद्युत् विस्तारको काम सुरु नभएपछि सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ भएन ।” उहाँले थप्नुभयो–“हुँदा–हुँदा विद्युत् विस्तारको काम सुरु नभएपछि समुदायले जम्मा गरेको रकम फिर्ता माग्न थालिसके ! हामी समितिमा बस्नेहरू भागेर हिँड्न बाध्य भएका छौँ ।”

रु दुई करोड २३ लाख ९२ हजारमा सम्झौता भएको विद्युत् विस्तारका लागि समुदायले २० र  सरकारले ८० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएको थियो । उपभोक्ता समितिका अनुसार समुदायले व्यहोर्नुपर्ने रु ३३ लाख ५९ हजार सम्झौता भएलगत्तै बैंकमा जम्मा गरिएको छ । उता वाइवा इन्फोटेक प्रालिका प्रतिनिधि हुकुममान लामाले व्यवस्थित यातायातको सुविधा नभएकाले आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पु¥याउन नसक्दा काममा ढिलाइ भएको बताउनुभयो । 

उहाँले भन्नुभयो–“यसका लागि ५८२ वटा विद्युत् खम्बा दिक्तेलसम्म पु¥याएको छ, दसैँपछाडि लगातार काम अघि बढाउनेछौँ ।” यसबारे सामुदायिक विद्युतीकरण वितरण केन्द्र क्षेत्रीय कार्यालय जनकपुरका सहायक प्रबन्धक राजीप सिंले ठेकेदारलाई पटक–पटक ताकेता गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– “उक्त आयोजना टेन्डर प्रक्रियामा गइसकेकाले पहाडी क्षेत्र भएको हुँदा केही समय थप गरेर भए पनि काम पूरा गरिनेछ ।” रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु