Wednesday, 26 September 2018 02:51 pm, Nepal

१६ थान अवैध हतियार संकलन

मेचीकाली : 2014-08-21 08:45:40


म्याङ्गलु, ५ भदौ : अवैध हातहितयार बुझाउन एक महिनाको समय दिएकोमा जिल्ला प्रशासन कार्यालय तेह्रथुममा १६ वटा हात हतियार संकलन भएका छन् । गृह मन्त्रालयको निर्णय अनुसार देशभरिका जिल्ला प्रशासन कार्यालयले साउन पहिलो साता देखि साउन मसान्त सम्म अवैध हातहतियार बुझाउन समयावधि तोकेर सुचना जाहेर गरेका थिए ।

 यस अवधिमा हात हतियार बुझाउनेलाई कारवाही नगर्ने शर्त सहित इजाजत प्राप्त नभएका हातहतियार बुझाउने समय दिएको हो । तेह्रथुम जिल्लाभरबाट १६ थान भरुवा बन्दुक संकलन भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । प्रजिअ ढकालका अनुसार बुझाइएका हात हतियारमध्ये सबैभन्दा धेरै जिरिखिम्ती र सिम्ले गाविसका रहेका छन् । यो अवधिभित्र नबुझाई अवैध रुपमा हात हतियार राखेको भेटिएमा प्रचलित कानुन बमोजिम ५ वर्ष कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु