Sunday, 24 September 2017 12:27 pm, Nepal

सरकार सञ्चालनमा देखिएको विवाद सामान्यः देउवा

रासस : 2014-08-15 13:19:16


कैलाली, ३० साउन : नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार सञ्चालनमा एमाले र काँग्रेसबीच देखिएको विवाद सामान्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले दुई दलको विवादले सरकार परिवर्तन गर्ने सम्भावना भने नरहेको स्पष्ट पार्नुभयो । 

एक अर्को प्रसङ्गमा उहाँले सातबुँदे सहमतिमा राष्ट्रपतिलाई हटाउने सहमति नभएकाले त्यस विषयमा विवाद गर्न नहुनेमा जोड दिनुभयो । संविधान निर्माणका लागि दलहरुबीच छलफल भइरहेकाले समयमै संविधान जारी गरिने उहाँले दाबी गर्नुभयो । 

एक प्रश्नको जवाफमा नेता देउवाले नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थाका कारण प्रभावित भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु