Tuesday, 26 September 2017 02:57 pm, Nepal

पहिरोमा पुरिएर एक प्राविधिकको मृत्यु

मेचीकाली : 2014-08-13 17:57:18


खोटाङ, २८ साउन : वर्षाका कारण गएको पहिरोमा परी खोटाङमा लघुजलविद्युत् आयोजनाका एक प्राविधिकको मृत्यु भएको छ । भारी वर्षापछि मङ्गलबार राति गएको पहिरोले पुरिएर उत्तरी गाविस फेदीका–५ स्थित पञ्चमी छमुवा खोला लघुजलविद्युत् आयोजनाका ३६ वर्षीय प्राविधिक अष्टकुमार राईको मृत्यु भएको हो । राईको शव स्थानीयवासीले पहिरोबाट निकालेका छन् ।

सोही पहिरोबाट लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा कार्यरत स्थानीय २९ वर्षीय प्रवीण राई घाइते भएको प्रहरीले जनाएको छ । ६० मिटर माथिबाट खसेको पहिरोले तीन वर्षदेखि सञ्चालन भइआएको ३९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको विद्युत् गृह ध्वस्त बनाएको छ । सोही पहिरोका कारण आठ घर परिवार विस्थापित भएका छन् । 

भारी वर्षाका कारण गएको पहिरोका कारण फेदी–५ का पाँच, बासपानी, खार्मी र पाथेकामा एक÷एक घर परिवार विस्थापित भएका छन्् । घरलाई पहिरोले तानेपछि नौमणी दर्जीको सात, रामबहादुर राईको पाँच, ज्ञानबहादुर सार्कीको सात, हर्कबहादुर दर्जीको छ र मायाँ राईको चार जनाको परिवार विस्थापित भएका हुन् ।

पहिरो पीडितको उद्धारका लागि आज सदरमुकाम दिक्तेलबाट सेना र प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम दिक्तेलबाट एक दिनको दूरीमा पर्छ । 

पहिरोले फेदी–१, २, ३, ५ र ९ वडाका विभिन्न ठाउँमा क्षति पु¥याएको स्थानीय धनकुमार राईले बताउनुभयो । राईका अनुसार फेदी–३ स्थित ४० किलोवाट क्षमताको नोक्ती तापखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बगाएपछि गाउँमा विद्युत् सेवा बन्द भएको छ । बाढीले फेदी–३ कै तापखोलाको काठे पुल बगाएपछि आवतजावत बन्द भएको छ । काठे पुल बगाएपछि फेदी–३ को लालीगुराँस प्रावि र फेदी–५ को पत्करु निमाविको पठनपाठन प्रभावित बनेको राईले जानकारी दिनुभयो । 

यस्तै, पहिरोले खार्मी–३ रुधालुङका खरबमनी राईको घर बगाएको छ । पहिरो विस्तारै खसेको र मान्छे भागेकाले मानवीय क्षति भने नभएको प्रहरी नायब उपरिक्षक गोविन्द शाहले बताउनुभयो । प्रनाउ शाहका अनुसार पहिरोले पाथेका–९ का सेतुमान राईको घर र गोठ पनि बगाएको छ । पहिरोमा उनका एक भैँसी र दुई बाख्रा मारिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु