Tuesday, 26 September 2017 02:57 pm, Nepal

एक वर्षमा करिब पैँतीस हजार पर्यटकद्वारा सगरमाथा क्षेत्र भ्रमण

रासस : 2014-08-13 10:42:28


सोलुखुम्बु–गत आर्थिक वर्षमा ३५ हजार २४५ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेको तथ्याङ्कअनुसार ती पर्यटकमध्ये सबैभन्दा धेरै अस्ट्रेलियाबाट आएका रहेका छन् । सार्क राष्ट्रबाट भने सबैभन्दा बढी भारतीय नागरिक खुम्बु क्षेत्र घुम्न आएका कार्यालयको तथ्याङ्क छ । गत आर्थिक वर्षमा माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेशका नागरिक पनि खुम्बु क्षेत्र घुम्न आएका थिए । 

राष्ट्रिय निकुञ्जको प्रवेशद्वार कार्यालय जोरसल्लेका अनुसार आव २०७०/०७१ को साउनमा २९२, भदौमा ९२३, असोजमा ६ हजार ४६२, कात्तिकमा आठ हजार ३७९, मङ्सिरमा दुई हजार ६६५, पुसमा एक हजार ३७५, माघमा ८५८, फागुनमा एक हजार ९३१, चैतमा पाँच हजार ३६२, वैशाखमा ५६२, जेठमा एक हजार ६२ र असारमा तीन हजार ५४ पर्यटक खुम्बु क्षेत्र घुम्न आएका निकुञ्जका सहायक संरक्षक अधिकृत लक्ष्मण पौडेलले जानकारी दिनुभयो । 

 आर्थिक वर्ष २०७०/०७१ मा खुम्बु क्षेत्र घुम्न आएका पर्यटकको सङ्ख्या विसं २०६८ र २०६९ को तुलनाका केही घटेको देखिन्छ । विसं २०६८ मा ३५ हजार ७३१ पर्यटक खुम्बु आएका थिए भने विसं २०६९ मा ३६ हजार ६५० जना खुम्बु क्षेत्र घुम्न आएको कार्यालयको तथ्याङ्क रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु