Sunday, 24 September 2017 02:35 pm, Nepal

गोली प्रहार गरी भारतीय नागरिकको हत्या

रासस : 2014-08-12 13:32:23


जनकपुर, २७ साउन : भारतको मधुवनी घर भई धनुषा जिल्लाको प्रकोमौवा गाविस–७ बस्दै आएका वैद्यनाथ गोइतको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । गोली लागेर घाइते भएका गोइतको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा बसेर दुईजना जनकपुरतर्फ आइरहेको समयमा पछाडि बसेका निजको साथीले गोली हानी मोटरसाइकल लिएर फरार भएका थिए ।प्रहरीले ती व्यक्तिको खोजी गर्न चारैतिर नाकाबन्दी गरेको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज दुवेदीले बताउनुभयो । कुन समूहले किन गोली हानेको हो भन्ने कुरा खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु