Wednesday, 20 September 2017 06:44 pm, Nepal

बन्दका कारण पुर्वको जनजिवन प्रभावित, यात्रुहरु चर्को भाडा तिर्न बाध्य

मेचीकाली : 2014-08-09 08:37:54


ताप्लेजुङ, २४ साउन : यातायात व्यवसायीको विवादका कारण आज पनि पुर्वी नेपालको यातायात सेवा ठप्प भएको छ । दोस्रो दिन पनि यतायात बन्द हुदा ताप्लेजुङ सहित पुर्वी नेपालको जनजिवन बिहानैदेखि प्रभावित बनेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय माहासंघ अञ्चल समिति झापा र कोसी अञ्चल यातायात व्यवसायी संघले मेची र कोशी शुक्रबारदेखि अनिश्चितकालिन बन्दको आह्वान गरेका हुन । 

व्यवसायीहरुको सहमति विना झापाको काँकडभिट्टाबाट उज्यालो यातायात सञ्चालन गरेको विरोधमा बन्दको आवाहान गरिएको हो । यातायात ठप्प हुदा  गन्तव्यमा पुग्न चर्को शुल्क बुझाएर यात्रुहरु निजि सवारी साधन चढ्न बाध्य भएका छन् । उज्यालोले कानुनी प्रकृया पुरा गरेर सेवा थाले पनि अन्य यातायात व्यवसायीले नियम विपरीत भएको भन्दै आन्दोलनमा उत्रिएका हुन । भाडाका सवारी साधन नचले पनि अन्य यातायात साधन भने चलिरहेका छन् । निरन्तरको बन्दको कारण पुर्वका नागरीक मारमा पर्ने गरेका छन् । विहिबार राष्ट्रिय जनमुक्ति पार्टी, जनवर्गिय संगठन लिम्बुवान राज्य परीषदले पुर्वञ्चल बन्द गराएका थिए भने बुधबार, शुक्रबार र शनिबार यातायात व्यवसायिले बन्दको आह्वान गर्दा नागरिकहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु