Tuesday, 26 September 2017 11:52 pm, Nepal

सामाजिक संजाल सगुन अमेरिका हुदै एसिया प्रवेस

मेचीकाली : 2014-08-01 07:58:06


विजय थापा 

भर्जिनिया -गत शनिबार जुलाई २६ तारिख अमेरिकाको डिसी महानगर क्षेत्रमा प्रतिभाशाली नेपाली समूह द्वारा स्थापना भै संचालनमा आएको सामाजिक संजाल सगुन अमेरिका हुदै एसियामा प्रवेस गरेको छ l ​ ​गत शनिबार भारतको राजधानी दिल्लीको ह्यात रेजिड़ेंसीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आफ्नो सामाजिक संजालको शुभारम्भ गरेको बताईएको छ l

उक्त समुद्घाटन कार्यक्रममा सगुन सामाजिक संजालकि सद्भाव दुत तथा प्रमुख अतिथि बलिवुडकि कलाकार मनिषा कोइरालाले पत्रकारहरुको सवालको जवाफ पनि दिएकी थिइन् l उक्त सवाल जवाफमा सगुन मार्फत आफना परिवार र साथीभाइ संग संचारको आदान प्रदान गरेको जानकारी गराएकी थिइन् l 

सामाजिक संजाल सगुनका संस्थापक गोविन्द गिरिले हाम्रा संजाल प्रयोग कर्ताहरुले राम्रो संग प्रयोग गर्न थालेकोले हामीहरु धेरै उत्साहित छौ भन्दै प्रयोग कर्ताबाट सुझाबको अपेक्षा गरेको बताए l र तीन हप्ता भित्र करिब पैसट्ठी हजार प्रयोग कर्ता भएको जानकारी गराएका छन् भने एक जना प्रयोग कर्ताले सुरु गरेको नेपाली सामाजिक संजाल हाल आएर यति ठुलो प्रयोग गर्नु हाम्रो लागि खुसीको कुरा हो l हाम्रो योजना भनेको एक दिन ब्रम्हाण्ड भरि पुर्याउने लक्ष्य हो l सबैले यसको प्रयोग गर्ने छन् भन्ने कुरामा आशाबादी रहेको गिरिले बताए l ​ ​भबिष्यमा छिट्टै एक पत्रकार सम्मेलन गर्ने योजना रहेको बताउदै प्रचार र प्रसार गर्ने हेतुले अस्ट्रेलिया ,अफ्रीका र युरोप समेतमा यसको शुभारम्भ गर्ने गिरिले बताए l

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु