Friday, 22 September 2017 05:38 pm, Nepal

रेल्वे सेवा बन्द हुंदा भन्सार असुली प्रभावित

मेचीकाली : 2014-07-31 08:38:50


जनकपुरधाम, १५ साउन : नेपालको एक मात्र रेल सेवा जनकपुर जयनगर रेल सेवा ठप्प भएपछि भन्सार असुली प्रभावित भएको छ । धनुषाको मुख्य नाका जयनगरबाट जनकपुरसम्म मालसमान ओसार पोसार गर्ने एक मात्र यातायातका साधन सेवा रेल सेवा गएको माघ महिनादेखि अवरुद्ध भएपछि भन्सार असुली प्रभावित भएको भन्सार कार्यालय जनकपुरले जनाएको छ । 

रेल्वे सेवा संचालनमा हुँदा आघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा ५ प्रतिशत अर्थात ९ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको भन्सार कार्यालय जनकपुरले आर्थिक वर्ष २०७०÷०७१ को आधा समय नपुग्दै बीचमै रेल सेवा ठप्प भएपछि यस वर्ष ७ करोड १० लाख मात्र राजश्व संकलन गरेको कार्यालयका निमित्त प्रमुख जगदीश पूर्वेले जानकारी दिनुभयो । कार्यालयका अनुसार रेल्वे संचालनको बेला स्थानीय व्यापारीहरुले सामानहरु ल्याउँदा दैनिक २ लाखसम्म भन्सार असुल हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु