Wednesday, 20 September 2017 06:43 pm, Nepal

मानव अवशेष पीडित परिवारलाई हस्तान्तरण

मेचीकाली : 2014-07-23 15:57:50


जनकपुरधाम, ७ साउन : सुरक्षाकर्मीद्वारा करिब ११ वर्षअघि बेपत्ता पारिएका जनकपुरका पाँच युवाको शव पहिचानपछि राष्ट्रिय मानवअधिकार आयोगले पीडित परिवारलाई आज मानव अवशेष हस्तान्तरण गरेको छ ।

आयोगका सचिव बेदप्रसाद भट्टराईले मानव अवशेष पीडित परिवारलाई हस्तान्तरण गर्दै शव उत्खननसमेत भएको यस अनुसन्धानबाट मृतकको पहिचान भएपश्चात् आयोगबाट पीडितहरुसँगै गरिएको परामर्शका क्रममा मृतकका परिवारहरुले आफ्नो धर्म संस्कृतिअनुरुप अन्तिम संस्कार गर्ने चाहना व्यक्त गर्नुभएकाले मानव अवशेष हस्तान्तरण गरिएको बताउनुभयो ।

हस्तान्तरण गरिएका मानव अवशेष सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जीतेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको रहेको छ ।

तल्लो गोदारमा विसं २०६७ भदौ २७ देखि असोज २ गतेसम्म उत्खनन गरिएका शवको पहिचानका लागि मारिएका व्यक्तिहरुका बाबु, आमासहित १९ जना आफन्तजनको रगतको नमुना सङ्कलन गरिएको थियो ।

उत्खनन गरिएका मानव अवशेषको परीक्षण त्रिविवि महाराजगन्ज क्याम्पस, फरेन्सिक विभागमा गरिएको थियो भने मानव अवशेषको डिएनए परीक्षण हेलन्सिकी, फिनल्यान्डमा भएको थियो ।

पाँचै जनालाई विसं २०६० आसोज २१ गते जनकपुर नगरपालिका वडा नं ४ बाट सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेका थिए ।

बेपत्ता पारिएका पाँचै जनालाई गाडिएको भनी आशङ्का गरिएको स्थानमा वैज्ञानिक विधिद्वारा टे«न्च बनाइ मानव अवशेष खोज्ने कार्य गरिएको थियो । 

यस क्रममा ६४ वटा टे«न्च, नौवटा एक्स्टेन्सन र चारवटा ब्लक खनेर आशङ्कित स्थानमा शव उत्खनन गर्ने कार्य भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु