Tuesday, 26 September 2017 11:10 am, Nepal

११ वर्ष पहिला बेपता पारिएका जनकपुरका ५ जनाको शव परिवारजनलाई दिइँदै

मेचीकाली : 2014-07-23 08:40:37


जनकपुर, ७ साउन : बिगत ११ वर्ष पहिला राज्यपक्षद्वारा बेपता बनाई हत्या गरिएका जनकपुरका पांच जना युवाको शव आज जनकपुर ल्याईएको छ । उनीहरुको शव अहिले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा राखिएको छ ।  शवलााई जगकपुरको देवी चोकमा ल्याई आजै परिवारजनको जिम्मा लगाईने नेकपा माओवादीका धनुषा जिल्ला ईन्चार्ज श्याम यादवले जानकारी दिएका छन् । 

शव हस्तान्तरणका लागि नेकपा माओवादीका सचिव देवप्रसाद गुरुंग आज जगकपुर आउने जनाईएको छ । वि.संं.२०६० साल असोज २१ गते तत्कालीन सुरक्षाफौजद्वारा जनकपुरको कटैयाचौरीबाट पक्राउ गरि हत्या गरिएको जनकपुर नगरपालिका वडा नंं. १० का सन्जीवकुमार कर्ण, दुर्गेश लाभ, जीतेन्द्र झा, प्रमोद नारायण मण्डल र शैलेन्द्र यादवको शवलाई मानवअधिकार आयोगले अन्तिम संस्कारका लागि शवका अवशेष परिवारजनलाई जिम्मा लगाउन सरकारलाई निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु