dashain
Monday, 15 October 2018 05:00 pm, Nepal

डोटीमा १२ वर्षीया बालिकामाथि बलात्कार

मेचीकाली : 2014-07-22 08:41:58


डोटी, ६ साउन : डोटीको सानागाउँ गाविस घर भएका अन्दाजी २७ वर्षीया मीन बहादुर खड्काले १२ वर्षीया बालिकामाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । आईतबार दिउँस करिब ३ बजेतिर बलात्कार गरेको भन्दै बालीका पक्षले सोमबार साँझ मात्रै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 घरपरिवारले घटनाबारे आईतबार साmँझ मात्रै थाहा पाएको र घटना स्थल जिल्ला सदरमुकामभन्दा टाढा रहेकाले सोमबार मात्रै प्रहरीमा जाहेरी दिएको पीडित पक्षले जनाएका छन् । आरोपित खड्काले घरपरिवारलाई नभन्नु भन्दै बालिकालाई साढे ५ सय नगद रुपैयाँ समेत दिएको बालिकाका परिवारले जनाएको  छ । 

एकिकृत नेकपा माओवादी डोटीका जिल्ला कमिटी सदस्य समेत रहेका आरोपीत खड्कालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । घटनाको अनुसन्धानका लागि सोमबार बेलुका नै बालीकाको मेडिकल परिक्षण गरिएको रिपार्ट आजमात्र आउने जिल्ला प्रहरी कार्यालय डोटीका ईन्स्पेक्टर उद्धवदेव भट्टले जानकारी दिनुभयो । डोटीमा आर्थिक वर्ष २०७१/०७२ को बलात्कार सम्बन्धी यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु