Wednesday, 20 September 2017 06:42 pm, Nepal

पाँच वर्षीया बालिका बलात्कार गर्ने युवक कारागार चलान

रासस : 2014-07-21 14:41:35


खोटाङ, ५ साउन : स्थानीय पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने खोटाङका एक युवकलाई कारागार चलान गरिएको छ । मकै बारीमा लगेर बलात्कार गरेको आरोपमा गत असार ९ गते पक्राउ परेका डाँडागाउँ–१ का २५ वर्षीय किशोर भुजेल कारागार चलान भएका हुन् । 

जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएका भुजेललाई अदालतको आदेशमा आइतबार जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । घरका अभिभावक खेतमा काम गर्न गएको मौका पारेर असार ७ गते बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा परेको उजुरी परेको थियो । 

उजुरीपछि भुजेललाई प्रहरी कार्यालय छितापोखरीबाट गएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । भुजेलले मादक पदार्थले मातेर बालिका बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा उपचार गरिएका बालिकाको स्वास्थ्यमा सुधार आएपछि घर पठाइएको जिप्रका खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले बताउनुभयो । 

बलात्कृत बालिकालाई महिला तथा बालबालिका कार्यालय खोटाङले राहतस्वरुप रु पाँच हजार आर्थिक सहयोग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु