Tuesday, 26 September 2017 12:37 am, Nepal

विश्व सम्पदास्थल बौद्धमा विदेशी पर्यटक बढे

मेचीकाली : 2014-07-16 10:49:38


नेपालमा शान्ति प्रक्रिया सुरु भएपछि विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपामा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । विसं २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएर सशस्त्र युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा सहभागी भएपछि बौद्ध क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिले जानकारी दिएको छ।

  आव ०६९÷०७० मा बौद्ध क्षेत्रमा विदेशी पर्यटक दुई लाख ५२ हजार ३६५ पुग्यो । चालु आव ०७०÷०७१ मा यो सङ्ख्या अझ बढ्ने प्रारम्भिक अनुमान छ ।

आर्थिक वर्ष ०६३/०६४ मा एक लाख २४ हजार १७३ जना, आव ०६४/०६५ मा एक लाख २६ हजार ३९ जना र आव ०६५/०६६ मा एक लाख ५० हजार ५९८ जना, आव २०६६/०६७ मा एक लाख ७६ हजार ७४६ जना, आव ०६७/०६८ मा एक लाख ८५ हजार २२५ जना र आव ०६८/०६९ मा दुई लाख १८ हजार ६५९ पुगेको समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।

समितिका पूर्व कार्यकारी निर्देशक छिरिङदोर्जे लामा पर्यटकका लागि सुविधा बढाई पर्यटकीय स्थलको निर्माण गरेकाले विदेशी पर्यटकको सङ्ख्या बढेको बताउनुहुन्छ । 

समितिले यस क्षेत्रमा प्रवेश गर्ने सार्क क्षेत्रका पर्यटकलाई रु ४०  र सार्क देशबाहिरका पर्यटकलाई रु १५०  लिने गरेको छ । आगामी आर्थिक वर्षबाट यो रकम बढाई क्रमश ः रु ५० र २०० पु¥याइने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु