Wednesday, 20 September 2017 06:41 pm, Nepal

ट्रान्सफर्मर पड्कँदा दुईको ज्यान गयो, दुई गम्भीर घाइते

मेचीकाली : 2014-07-12 17:40:48


खोटाङ, २८ असार : विद्युत् ट्रान्सफर्मर पड्कँदा खोटाङमा दुई जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । बुइपा–१ बस्ने ४५ वर्षीया कालीमाया राई र ४९ वर्षीया पदमसरी राईको ज्यान गएको हो भने १६ वर्षीया निजा राई र ५० वर्षीय कृष्ण श्रेष्ठ गम्भीर घाइते भएका हुन् । 

ट्रान्सफर्मर पड्कनासाथ सर्ट भएको विद्युत्मा परी घाइते बनेका उनीहरुको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लाने क्रममा बाटैमा ज्यान गएको स्थानीय मीना राईले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुसँगै काठमाडौँ पु¥याइएको गम्भीर घाइते निजाको केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

उनीहरुसँगै घाइते बनेका कृष्णको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल ल्याइएको छ । आज बिहान ९ः३० बजेतिर घर छेउमा रहेको विद्युत् ट्रान्सफर्मर पड्कदा उनीहरु घाइते बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ट्रान्सफर्मर पड्कनासाथ घरघरमा जडान गरिएको विद्युत् लाइनमा आगो उठ्न थालेपछि राइसकुकर झिक्ने क्रममा पदमसरी घाइते भएको पारिवारिक स्रोतले जनाएको छ । चार्जमा रहेको मोबाइल झिक्नेक्रममा निजा र लाइट झिक्नेक्रममा कालीमाया घाइते बनेको स्थानीयको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु