Tuesday, 26 September 2017 11:55 pm, Nepal

सप्तरीदेखि पर्सासम्म गरिबका लागि घर निर्माण गरिने

रासस : 2014-07-10 13:53:10


जनकपुर, २६ असार : सप्तरीदेखि पर्सा जिल्लाका अति गरिब घरपरिवारका लागि एक गैरसरकारी संस्थाले घर निर्माण गर्ने भएको छ । ह्याविट्याट फर ह्युम्यानिटी नामक गैर संस्थाले सन् २०२० सम्म नेपालमा १० लाख घर निर्माण गर्ने अवधारणा अनुरुप ती जिल्लामा घर निर्माण गर्ने जनाइएको छ ।

संस्थाका प्रमुख, पदाधिकारी र जिल्ला बचत एवम् ऋण सहकारी सङ्घ धनुषाबीच भएको छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।संस्थाका प्रमुख सन्देश पराजुलीले अर्थपूर्ण जीवनका लागि आवास मुख्य अभिप्रायले जिल्लाका सहकारी सङ्घसँग सहकार्य गर्दै घर निर्माणको योजना कार्यान्वयन गरिने बताउनुभयो ।उहाँका अनुसार संस्थाद्वारा यसअघि पोखरामा ४१ र काभ्रेमा ४२ वटा घर निर्माण गरी हस्ताक्षर गरिएको छ ।

नेपालका ५० जिल्लामा घर निर्माण गर्ने लक्ष्यअनुरुप चितवनको भरतपुरमा सुकुम्बासीका लागि १०० घर निर्माणको कार्य छिट्टै गरिने बताइएको छ । त्यस्तै सन् २०१५ मा पोखरामा १०० घर निर्माण गरिने योजना पनि रहेको छ ।नेपालमा ७३ हजार परिवार सुरक्षित बासको पर्खाईमा रहेका र सन् २०२० सम्म सो सङ्ख्यामा वृद्धि भई २० लाख पुग्ने तथ्यलाई दृष्टिगत गर्दै संस्थाले १० लाख घर निर्माण गर्ने लक्ष्य राखेको प्रमुख पराजुलीले भन्नुभयो ।

जिल्ला बचत एवम् ऋण सहकारी सङ्घ धनुषाका अध्यक्ष ध्रुवनारायण यादवले सप्तरीदेखि पर्सासम्ममा प्रत्येक जिल्लामा १०० घर निर्माण गरिने योजना रहेको बताउनुभयो ।जीवनज्योति सहकारी संस्थाका प्रमुख शेषनारायण झाले विपन्न परिवार चयनमा गम्भीर रुपले पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु