Tuesday, 26 September 2017 11:58 pm, Nepal

तीन करोड पचहत्तर लाख मुआब्जा रकम बाँडियो

रासस : 2014-07-08 11:19:01


खोटाङ, २४ असार : कालोपत्रे गर्ने तयारी गरिएको खोटाङको दिक्तेल–हलेसी सडकआसपासका जग्गाधनीलाई पहिलो चरणमा रु तीन करोड ७५ लाख मुआब्जा रकम वितरण गरिएको छ । सडकले मिचेका ५८ जग्गाधनीलाई जग्गाको मूल्याङ्कनको आधारमा यस वर्ष आएको रु तीन करोड ७५ लाख मुआब्जा रकम वितरण गरिएको हो । 

एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा कालोपत्रे गर्न लागिएको दिक्तेल–हलेसी सडकआसपासका जग्गाधनीलाई जग्गा प्राप्ति ऐन २०३४, जग्गाको भू–बनोटको अवस्थिति, मालपोतको रजिस्ट्रेसन, जग्गा किनबेच, जग्गाको सरकारी दररेट, मुआब्जा वितरणका लागि यसअघि गरिएका निर्णयको अवलोकन, मुआब्जा निर्धारण उपसमितिको प्रतिवेदनलगायतका आधारमा मुआब्जा दिइएको आयोजनाका नायब सुब्बा दामोदर आचार्यले बताउनुभयो । 

नासु आचार्यका अनुसार ३६ किलोमिटर लामो दिक्तेल–हलेसी सडकखण्डलाई कालोपत्रे गर्ने प्रक्रिया थालिएसँगै सडकआसपासका जग्गाधनीलाई मुआब्जा दिन सुरु गरिएको हो । दिक्तेल–हलेसी सडकले मिचेका हलेसी, अर्खौले, सल्ले, लामीडाँडा, नुनथला, बाम्राङ, दिक्तेललगायत नौ गाविसका ९०७ घरपरिवारलाई मुआब्जा वितरण गर्ने तयारी गरिएको खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । 

उहाँका अनुसार हलेसीदेखि दिक्तेलबीचमा पर्ने गाविसका जग्गाधनीलाई कुल रु २९ करोडभन्दा बढी मुआब्जा वितरण गर्ने टुङ्गो लगाएको छ । करिब ७५ करोडको लागतमा साढे पाँच मिटर फराकिलो बनाइने सडकको बीचबाट दायाँतर्फ साढे सात मिटर र बायाँतर्फ पनि उत्तिनै जग्गाको मुआब्जा दिने निर्णय भएको सडक विभागका इन्जिनियर विष्णु काफ्लेले बताउनुभयो । १२÷१२ किलोमिटरका दरले तीन खण्डमा विभाजन गरेर कालोपत्रेका काम गरिने सडकको ठेक्का यसअघि नै लागिसकेको छ । 

मुआब्जा वितरणका काम सकेपछि मात्र एडिबीले कालोपत्रेका कामको ठेक्का स्वीकृत गर्ने र काम थाल्ने भएकाले हप्तादिनभित्रै यस आर्थिक वर्षको मुआब्जा वितरणका काम सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाइ छ । मुआब्जा वितरणका काम नभएकाले हालसम्म ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढ्न सकेको थिएन । 

मुआब्जा वितरणका काम थालिएसँगै सो ठेक्का स्वीकृतिका लागि एडिबीलाई ‘नो अब्जेक्सन’ लेटर माग्ने तयारी भएको विभागले जनाएको छ । ठेक्का स्वीकृत भएको दुई वर्षभित्र सडक कालोपत्रेका काम सम्पन्न हुने इन्जिनियर काफ्लेले दाबी गर्नुभयो । 

लुम्बिनी कन्काई सूर्य जेबी, लामा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले सडक विभागसँग कालोपत्रेका लागि गत जेठ ३१ गते सम्झौता गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु