Tuesday, 26 September 2017 02:57 pm, Nepal

सिन्धुलीमा बाली उपचार शिविर

मेचीकाली : 2014-07-01 17:47:33


सिन्धुली, १७ असार : सिन्धुलीको रतनचुरा गाविसको खनियाखर्कमा बाली उपचार शिविर सम्पन्न भएको छ । वाली संरक्षण निर्देशनालयको सहयोग तथा जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको आयोजनामा भएको वाली शिविरमा किसानहरुले आफुले लगाएको तरकारी खेती तथा जुनार खेतीमा देखिएका समस्याहरु ल्याएका थिए । 

शिविरमा ल्याएका समस्याहरुमा पाउडरी मिल्इयू, गोलभेडामा डढुवा, फलमा गोबरे कीरा तथा आइलाउने र भाईरस जन्य समस्या देखिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत देवराज अधिकारीले जानकारी दिनुभयो । शिविरमा कृषकहरुको प्राविधिक समस्याहरुको नमुना परिक्षण गरि सो बारेमा प्लान्ट डाक्टरहरुले व्यवस्थापनका लागि सरसल्लाह तथा औषधीहरु सिफारिस गर्दै आउनु भएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु