Tuesday, 26 September 2017 02:52 pm, Nepal

१२ जना उम्मेदवारको जमानत जफत

मेचीकाली : 2014-06-24 13:30:26


धनगढी, १० असार : आइतबार भएको संविधानसभा सदस्य उपनिर्वाचनमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं ६ का १२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको छ ।

क्षेत्र नं ६ मा खसेको ३९ हजार ६ सय ६३ मतमध्ये सबै मत सदर भएकामा दश प्रतिशत अर्थात् तीन हजार ९ सय ६६ मत प्राप्त गर्न नसक्नेको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा जमानत जोगाउन नसक्ने प्रत्यासीमा फोरम लोकतान्त्रिकका लक्ष्मण थारुले तीन हजार ५ सय ८९, एमाओवादीका सुन्दरराज रेग्मीले एक हजार ७ सय ६६, थरुहट तराई पार्टीका भानुराम चौधरीले एक हजार २ सय ८८ रहेका छन् ।

मङ्सिरमा भएको निर्वाचनमा क्षेन नं ६ बाट नै प्रत्यासी रहेका फोरम लोकतान्त्रिकका थारुले चार हजार ४ सय ७३ मत र एमाओवादीकी प्रत्यासी लीला भण्डारीले चार हजार ७ सय ६४ मत प्राप्त गरी जमानत रकम जोगाएका थिए ।

उपनिर्वाचनमा थरुहट तराई पार्टीका प्रत्यासी भानुराम चौधरी मङ्सिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नं ३ बाट प्रत्यासी भई तेस्रो स्थानमा आएका थियो । उपनिर्वाचनमा एमाओवादी र फोरम लोकतान्त्रिकले अघिल्लो निर्वाचनभन्दा कम मत पाएका छन् ।

यसैगरी नेकपा (माले)की अम्बिका विष्टले ४ सय ६, सदभावना पार्टीका मुनिन्द्र सिंहले १ सय ३, राप्रपाका गङ्गाराम रानाले ३ सय १९, राष्ट्रिय जनमोर्चाका सूर्यप्रकाश साउदले ३ सय ६५, नेकपा (संयुक्त)की डम्मरादेवी धानुकले १ सय ३३, सङ्घीय सदभावनाका अर्जुनप्रसाद चौधरीले १ सय २०, नेमकिपाका रमेशकुमार रावलले १ सय ३, नेपाल कम्युनिस्ट पार्टीका हरिमोहन चौधरीले २ सय १० र सबैभन्दा कम ६१ मत पाएका नेपाल परिवार दलका रामप्रसाद चौधरीको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं ६ को उपनिर्वाचनमा विभिन्न दलका १५ जना उम्मेदवार चुनावी  मैदानमा रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु