Tuesday, 26 September 2017 12:38 am, Nepal

संविधान बन्ने निश्चित छैन : दाहाल

मेचीकाली : 2014-06-20 16:38:43


डडेल्धुरा, ६ असार : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान बन्ने निश्चित नभएको बताएका छन् ।  शुक्रबार बिहान डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सत्ताधारी काँग्रेस–एमालेले ठूलो पार्टीको दम्भ देखाउँदै यथास्थितिवादी संविधान बनाउन खोजे आफूहरुलाई मान्य नहुने बताए ।

“यथास्थितिवादी संविधान बनाउने कुरामा हाम्रो सहमति हुँदैन,” अध्यक्ष दाहालले भने – “हामी पहिले पनि प्रगतिशील संविधानका पक्षमा थियौँ र अहिले पनि छौं ।”

नयाँ संविधान बनाउन सबैले लचकता अपनाउनु पर्ने खाँचो औलाए । उनले एमालेका कारण अहिलेसम्म २६  सभासद् मनोनयन हुन नसकेको आरोपसमेत लगाए ।

राज्य पुनःसंरचनाका सन्दर्भमा बोल्दै अध्यक्ष दाहालले एनेकपा (माओवादी) एकल जातीय राज्यको पक्षमा नरहेको बताए । “एकल जातीय राज्यका पक्षमा हामी कहिल्यै छैनौँ,” उनले भने– “हामीले पहिचानसहितको सङ्घीयताको कुरा गरेका हौँ ।”

एमाओवादीको सेती–महाकाली राज्य स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष दाहालसहितका माओवादी शीर्षस्थ नेताहरु डडेल्धुरा पुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु