Tuesday, 26 September 2017 04:56 pm, Nepal

दुई बस व्यवसायी समितिबीचको विवाद तत्कालका लागि साम्य

मेचीकाली : 2014-06-08 10:53:14


धनगढी २५ जेठ : कैलाली जिल्लाको कर्णाली रिभर यातायात समिति र सुदूरपश्चिम यातायात व्यवसायी समितिबीच बससेवा सञ्चालनका सम्बन्धमा दुई हप्तादेखि उत्पन्न विवाद तत्कालका लागि साम्य भएको छ । 

शनिबार जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको सरोकारवालाहरूको बैठकले यसअघि यही जेठ ९ गते भएको सहमतिलाई कर्णाली रिभर यातायातले पालना गर्ने, आगामी असार १ गतेबाट फ्री वाइफाइसहितको बससेवा फूलबारी (कैलाली)–काठमाडाँै रुटमा निर्बाध रूपमा सञ्चालन गराउने वातावरण स्थानीय प्रशासनले मिलाउने लगाएको सहमति भएपछि तत्कालका लागि दुई समितिबीचको विवाद साम्य भएको हो ।

सहमतिसँगै कैलालीमा कर्णाली रिभर यातायातले घोषणा गरेको अनिश्चितकालीन चक्काजाम कार्यक्रम फिर्ता लिएको छ । आफ्ना माग प्रशासनले सम्बोधन गरेपछि आन्दोलन फिर्ता लिएको कर्णाली रिभर यातायातका अध्यक्ष धिरज शाहीले जानकारी दिनुभयो । 

कर्णाली रिभर यातायातले फूलबारी (कैलाली)–काठमाडौँ रुटमा सुविधा सम्पन्न वाइफाइसहितको डिलक्स बससेवा सञ्चालनको प्रयास गरेपछि सुदूरपश्चिम यातायातले गरेको विरोधसँगै दुई समितिबीच विवाद सृजना भएको थियो । विवादले उग्र रुप लिएपछि चार÷पाँच दिनयता दुवै समितिका गरी झन्डै २४ वटा बसमा तोडफोड भएको थियो ।

बैठकमा जेठ ९ गते भएको सहमतिबमोजिम बससेवा सञ्चालन हुने भएपछि आफूहरू पनि सहमत भएको सुदूरपश्चिम यातायातका अध्यक्ष टेकराज जोशीले बताउनुभयो । 

यद्यपि जेठ ९ गतेको सहमतिबमोजिम सुदूरपश्चिम यातायातले असार १ गतेपछि पनि कर्णाली रिभर यातायातका बसहरू फूलबारी–काठमाडौँ रुटमा सञ्चालन हुन नहुने अध्यक्ष जोशीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु