Tuesday, 26 September 2017 02:50 pm, Nepal

मुगुमा यार्सा टिप्न गएका ५ जनाले लेक लागेर ज्यान गुमाए

मेचीकाली : 2014-06-05 14:28:19


कैयौं बिरामी, यार्सा टिप्न गएकाहरु घर फर्कंदै

मुगु, २२ जेठ : मुगुको पूर्वी करान भेगको पाटन क्षेत्रमा यार्सा टिप्न गएका ५ जनाको लेक लागेर मृत्यु भएको छ भने कयौं बिरामी परेका छन् । लेक लागेर पिना गाविसका गोम शाही लगायतको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीकोट १ का मानबहादुर बानिया, रोवा ७ शोभा गाउँका रमेश बुढा, जुम्ला तातोपानीका मिनबहादुर तिरुवा र जुम्लाकै छुमचौर ५ का मानबहादुर बोहोराको पनि मृत्यु भएको छ ।

 केही दिनयता उनीहरुको पालैपालो मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक चिसो र अक्सिजन कमीले उनिहरुको मृत्यु भएको र अन्य धेरै यार्सा संकलक विरामी भएको बताइएको् छ । मुगुको उच्च हिमाली भेग कोइकी, छापाखालो, रिमार लगायत स्थानमा यार्सा टिप्न गएकाहरु धमाधम बिरामी भएपछि घर फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु