Sunday, 24 September 2017 12:25 pm, Nepal

ग्रामीण क्षेत्रका बन्द टेलिसेन्टरहरू सञ्चालन भएनन्

मेचीकाली : 2014-05-30 10:34:17


रुकुम–ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सेवा दिन स्थापना गरिएको टेलिसेन्टरहरू बन्द अवस्थामा रहेका छन् । हुलाक विभागले जिल्ला हुलाक कार्यालयमार्फत सदरमुकामसहित जिल्लाका चार ठाउँमा स्थापना गरेका टेलिसेन्टर नाम मात्रका भएका छन् । 

सदरमुकाममा रहेको जिल्ला हुलाक कार्यालयको परिसरसहित इलाका हुलाक कार्यालय रुकुमकोट, इलाका हुलाक कार्यालय वाँफीकोट र इलाका हुलाक कार्यालय विजयश्वरीमा केही वर्षअघि जिल्ला हुलाक कार्यालयले टेलिसेन्टर स्थापना गरेको थियो । 

कम्प्युटर तालिम, टाइपिङ, प्रिन्टिङ, फोन, फ्याक्स, इमेल तथा इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको टेलिसेन्टर वेकामे बनेपछि सेवाग्राही मर्कामा परेका छन् । स्थापनाको सुरुसुरुमा सेवा पाइए पनि त्यसको केही समयदेखि हालसम्म भने टेलिसेन्टर बन्द भएको वाँफीकोट–१ का जनक विकले बताउनुभयो ।

यता जिल्ला हुलाक कार्यालयले पनि विभिन्न समस्याको कारण टेलिसेन्टर बन्द भएको बताएको छ । निमित्त हुलाक अधिकृत प्रेमबहादुर रावलले सदरमुकाममा रहेको टेलिसेन्टरबाहेक अन्य टेलिसेन्टर कतै विद्युत्, कतै अन्य स्रोत अभावको कारण बन्द रहेको बताउनुभयो । बन्द रहेका टेलिसेन्टर सञ्चालन गर्ने पहलस्वरुप केन्द्रमा आवश्यक सहयोग मागि पठाएको पनि उहाँले बताउनुभयो । 

उहाँले जिल्लाको पेउघा र आठविसकोट गाविसमा टेलिसेन्टर स्थापनाको पहल पनि अघि बढेको बताउनुभयो । सदरमुकामबाहिर रहेका तीनवटा टेलिसेन्टर पूर्ण रूपमा बन्द रहेका छन् भने जिल्लामा रहेको टेलिसेन्टर कहिलेकाहीँ सञ्चालनमा आउने गर्दछ । 

विद्युत् अनियमितताकै कारण जिल्लाको टेलिसेन्टरलाई पनि नियमित बनाउन नसकिएको जिल्ला हुलाक कार्यालयले बताएको छ । हुलाक कार्यालयको परिसरमा रहेको टेलिसेन्टरमा कम्प्युटर तालिम, इमेल तथा इन्टरनेट सेवा प्रवाह भइरहेको जिल्ला हुलाक कार्यालयले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु