Tuesday, 26 September 2017 04:55 pm, Nepal

तीनजनाको उम्मेदवारी रद्द

रासस : 2014-05-29 11:10:28


धनगढी, १५ जेठ : आगामी असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि कैलाली क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका तीनजनाको उम्मेदवारी रद्द भएको छ । उम्मेदवारी रद्द हुनेमा नेपाल सद्भावना पार्टीका निर्मला रिजाल, स्वतन्त्र उम्मेदवार नरेन्द्रसिं देउवा र नेपाल आमा पार्टीका गोरखबहादुर रावत रहेका छन् ।

निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश यज्ञराज भट्टले यी तीनजनाको नाम यसअघि भएको चुनावमा समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश भएको पाइएकाले उम्मेदवारी रद्द भएको बताउनुभयो ।

समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएकाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन नपाइने संविधानसभा निर्वाचन ऐनमा व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु