Saturday, 23 September 2017 05:45 am, Nepal

लुम्बिनीमा पर्यटक वृद्धि

मेचीकाली : 2014-05-27 16:03:01


सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ । लुम्बिनी विकास कोषका अनुसार गएको एक वर्षमा  लुम्बिनी भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा ६.७२ प्रतिशतले वृद्धि भएको छ । लुम्बिनीको भ्रमणका लागि हालसम्म ९० मुलुकका पर्यटक आउने गरेको पाइएको र सबैभन्दा बढी स्वदेशी पर्यटक लुम्बिनीको भ्रमणमा आउने गरेका छन् ।

कोषका सदस्य सचिव अजितमान तामाङले भारत, श्रीलङ्का, थाइल्यान्ड, म्यान्मा, दक्षिण कोरिया, चीनलगायतका विदेशी पर्यटक तथा आन्तरिक पर्यटकमा नेपालभित्रका विद्यालय, सहकारी तथा धार्मिक आस्थाका पर्यटक आउने गरेको जानकारी राससलाई दिनुभयो ।

शान्तिभूमि, तपोभूमि लुम्बिनीमा गत वर्ष धार्मिक तीर्थयात्रीका रुपमा आएका तीन लाख बाह्य पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए । यस वर्ष तीर्थयात्रुको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । भारतबाट मात्रै सो अवधिमा एक लाखभन्दा बढी तीर्थयात्रुले लुम्बिनीको भ्रमण गरेका थिए । भारतपछि दोस्रो स्थानमा श्रीलङ्का, म्यान्मा, दक्षिण कोरिया, चीन र  थाइल्यान्डका पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए । सो अवधिमा पाँच लाख नेपालीले लुम्बिनीको भ्रमण गरेका थिए । 

सदस्य सचिव तामाङले बृहत्तर लुम्बिनी क्षेत्रभित्र बुद्धको जन्मस्थल मात्र नभएर कनकमुनि र  क्रकुच्छन्द बुद्धको जन्मस्थल, मायादेवी मन्दिर, गौतमबुद्धको अस्थिधातु रहेको रामग्राम, बुद्धको मावली देवदह, कुदान, गोटिहवा, निग्लिहवा, कपिलवस्तु  भएको र मौर्यसम्राट् अशोकले स्थापना गरेको अशोकस्तम्भ भएकाले पनि लुम्बिनी बुद्धधर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रुपमा विकास भएको बताउनुभयो ।

इसापूर्व २४९ देखि नै देशविदेशका तीर्थयात्रुको आगमन रहेको लुम्बिनीमा अहिले आएर पर्यटकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको कोषको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु