Tuesday, 26 September 2017 12:36 am, Nepal

शक्ति गौचनको जगदम्बालाई हराउँदै शरदको पञ्चकन्याले जित्यो एनपिएलको उपाधि

मेचीकाली : 2014-05-24 17:17:00


पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा एक दिवसीयतर्फको उपाधि पञ्चकन्या तेजले जितेको छ । आज भएको फाइनलमा शक्ति गौचनको नेतृत्वमा रहेको जगदम्बा जायन्ट्सलाई ९७ रनले पराजित गर्दै पञ्चकन्याले उपाति जित्यो । आजको खेलमा २ सय १ रनको लक्ष्य पछयाएको जगदम्बाले ३१ ओभर ४ बलमा अलआउट हुँदा १ सय ३ रन मात्रै बनाउन सक्यो । पञ्चकन्या शरद भेषावकरले नेतृत्व गरेको टिम हो । 

फाइनल खेलमा पञ्चकन्याका भेट्रान स्पिनर राजकुमार प्रधानले घातक बलिङ गरे । ७ ओभर ४ बल बलिङ गरेका प्रधानले ४२ रन खर्चिएर ६ विकेट लिएभने सुशील कँडेलले ३ विकेट लिए । धनगढीको फाप्ला मैदानमा पहिले ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित ओभरमा २ सय रन बनाएको थियोे । प्रतियोगितामा पञ्चकन्याका भुवन कार्की म्यान अफ द सिरिज चुनिएका छन् । वैशाख ३१ गतेदेखि धनगढी र कञ्चनपुरमा भइरहेको एनपिएलमा ६ वटा टिमले सहभागिता जनाएका थिए । अब यिनै ५ वटा टिमबीच ट्वान्टी ट्वान्टी प्रतिस्पर्धा जेठको अन्तिम साता काठमाडौंमा हुनेछ । एनपिएलको आयोजना नेपाल क्रिकेट संघ क्यानले गर्ने भनिए पनि अन्तिम समयमा क्यानमा विवाद भएपछि व्यवस्थापनको जिम्मा लिएको जोहरा स्पोर्टस् आफैंले आयोजना गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु