Sunday, 24 September 2017 12:24 pm, Nepal

पक्राउ परेका कार्यकर्ता रिहाको माग गदै मेची राजमार्ग वन्द

मेचीकाली : 2014-05-21 08:44:39


ताप्लेजुङ, ७ जेठ : दोस्रो संविधानसभाको चुनाब अघि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गदै मञ्च सम्वद्ध संघिय लिम्वुवान राज्य परिषदले गरेको मेचि राजमार्ग बन्दको कारण मेचीका जिल्लाको जनजिवन विहानै देखि प्रभावित बनेको छ । बन्दको कारण ताप्लेजुङ सहित पाँचथर, ईलाम र झापाबाट लामो तथा छोटो दुरीका सवारीसाधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन् । 

एमाओवादी उम्मेदवार सञ्चपाल मादेनलाई आक्रमण गरेको अभियोगमा पक्राउ परेका संघीय बिद्यार्थी युनियनका उपाध्यक्ष रक्की थेबे, अन्य कार्यकर्ताहरु सागर पन्दाक, बिचिन्द्र माबो, धनबहादुर मादेन, बिट्चन आङबोहाङलाई अदालतको आदेसमा पुर्पक्षकालागि कारागारमा राखिएको छ । झुटो आरोपमा आफ्ना कार्यकर्तालाई ताप्लेजुङको जेलमा वन्दि वनाइएको भन्दै तत्काल रिहा नगरे मञ्चले ११ गते पुर्वका नौ जिल्ला वन्द गर्ने चेतावनि समेत दिएको छ । यस अघि सो पाटिले जेठ ४ ताप्लेजुङ बन्दको आवाहान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु