Sunday, 24 September 2017 12:33 pm, Nepal

कैलाली–६मा एमाले, राप्रपा, राप्रपा नेपालका उम्मेदवार सिफारिस

रासस : 2014-05-20 13:40:15


धनगढी, ६ जेठ : आगामी असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि कैलाली क्षेत्र नं ६ बाट नेकपा (एमाले) र राप्रपाले तीन तीन जनाको नाम सिफारिस गरेका छन् । एमालेका तर्फबाट महेश्वर पाठक, नेपालु चौधरी र सुशीला बुढाथोकी गरी तीन जनाको नाम क्षेत्रीय समिति र जिल्ला समितिले केन्द्रमा सिफारिस गरिएको एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले बताउनुभयो । 

राप्रपाले गङ्गाराम राना, मदन सिंजापति, र गोकर्णप्रसाद पौडेलको नाम सिफारिस गरेको  पार्टीका जिल्ला सचिव वीरेन्द्र बमले बताउनुभयो । राप्रपा नेपालले भने कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष राजेश भण्डारीलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ ।

   

एकीकृत नेकपा(माओवादी)ले अझै नाम सिफारिस नगरे पनि सो पार्टीका केन्द्रीय नेता लेखराज भट्ट वा हरि चौधरीमध्ये एक जनाले टिकट पाउनु पाउने पार्टी स्रोतले बताएको छ । यस्तै मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)ले यसअघिको निर्वाचनमा क्षेत्र नं ६ बाटै पराजित लक्ष्मण थारु, जिल्ला उपाध्यक्ष गयांप्रसाद कुस्मी र प्रेम बिसीको नाम सिफारिस गर्न सक्ने पार्टी जिल्ला उपाध्यक्ष कुस्मीले बताउनुभयो । 

  नेपाली काँग्रेस जिल्ला कार्यसमितिले भने बुधबार मात्रै उम्मेदवारको नाम सिफारिस गर्न लागेको जिल्ला सभापति नरनारायण शाहले बताउनुभयो ।  काँग्रेसबाट धनगढी नगरपालिकाका पूर्वप्रमुख किशोरकुमार बम, पूर्वमन्त्री पुष्करनाथ ओझा, जिल्ला सभापति शाह, नारायणदत्त भट्ट र कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका काँग्रेस नेता उत्तमबहादुर कठायतमध्ये एक जनाले टिकट पाउने बताइएको छ । 

गत मङ्सिरमा भएको निर्वाचनमा डडेल्धुरा र कैलाली –६ बाट विजयी काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली ६ छाड्नुभएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु