Tuesday, 26 September 2017 04:54 pm, Nepal

सिन्धुलीको हत्पते गाविसमा पानीका मुहानहरु सुक्दा पानीको हाहाकार

मेचीकाली : 2014-05-19 08:42:48


सिन्धुली, ५ जेठ : लामो समयसम्म पनि पानी नपरेपछि पानीका मुहानहरु सुक्दा सिन्धुलीको हत्पते गाबिसमा पानीको हाहाकार भएको छ । अहिले एक गाग्री पानीको लागि ६/७ घण्टा पालो कुनुपर्ने अवस्था रहेको स्थानीयबासिन्दाको गुणासो छ । बिहान ३ बजेदेखि ९ बजेसम्म लाइनमा बस्दा समेत एकगाग्रो पानी पाउने सम्भावना पनि नरहेको स्थानीय हरी गाउँलले बताउनुभयो । 

त्यस्तै एक घण्टा हिडेर कमला खोलामै पानी लिन पुगेपनि खोलामा समेत पानी सुकेका कारण झन समस्यामा भएको गाउँलेको भनाइ छ ।  पानीको  अभावमा आफूसँगै आफ्ना गाईवस्तुलाई कसरी बचाउने भन्ने विषयमा उनीहरुलाई पिरालो परेको छ ।  खडेरीसँगै पानीको अभावमा आफ्नो खेतबारीमा लगायका मकै तथा तरकारी बाली पनि  सुक्न थालेपछि किसान थप चिन्तित भएका छन् । यसैबीच आफूहरुले पानी माग्दै रुद्रि तथा  इन्द्र पुजा गरपनि पानी नपरेको भन्दै स्थानीय निराश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु