Sunday, 24 September 2017 12:33 pm, Nepal

म्याग्दीका ७६ सामुदायिक विद्यालयमा इन्टरनेट जडान

मेचीकाली : 2014-05-15 10:41:58


म्याग्दी–  जिल्लाका ७६ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरिएको छ । जिल्ला शिक्षा कार्यालयको सूचना तथा प्रविधिको पहुँच विस्तार कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा कम्प्युटर खरिद गरी इन्टरनेट जडान गरिएको हो । जिल्लाभर रहेका २४० वटा सामुदायिक विद्यालयमध्ये ९७ वटामा कम्प्युटर रहेको र त्यसमध्ये ७६ वटा विद्यालयमा इन्टरनेट जडान गरिएको शिक्षा कार्यालयले जनाएको छ । 

कम्प्युटर खरिद गरी इन्टरनेट जडान गर्नका लागि चालु आव २०७०÷७१ मा ६१ वटा विद्यालयलाई रु एक लाख ४० हजारका दरले रु ८५ लाख ४० हजार उपलब्ध गराइएको जिल्ला शिक्षा  अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । म्याग्दीमा आव २०६२÷६३ देखि सामुदायिक विद्यालयमा प्रविधि विस्तार कार्यक्रम सुरु भएको थियो । 

जिशिअ श्रेष्ठका अनुसार ४० मावि र २१ वटा निमाविलाई उक्त रकम उपलब्ध गराइएको हो । जसमार्फत सम्बन्धित विद्यालयले रु ६० हजार थप गरेर पाँच थान कम्प्युटर र एक थान प्रिन्टर खरिद गर्नुका साथै इन्टरनेट जडान गरिसकेका छन् । 

पछिल्लो आठ वर्षमा सामुदायिक विद्यालयमा कम्प्युटर खरिद, इन्टरनेट जडान र पुस्तकालय स्थापनाका लागि कार्यालयले रु एक करोड ५४ लाख २८ हजार लगानी गरेको छ । कार्यालयका अनुसार म्याग्दीका ३९.२६ प्रतिशत सामुदायिक विद्यालयमा कम्प्युटर रहेका छन् । 

अधिकांश उच्च मावि र माविमा कम्प्युटर रहेका छन् । विद्यालयमा इन्टरनेट जडान भएपछि प्रशासनिक काम गर्न सहज हुनुका साथै सूचना आदानप्रदान, शिक्षकहरूको क्षमता अभिवृद्धि र शिक्षण विधिमा सहयोग मिलेको अमर मावि पाखापानीका प्रअ युबहादुर गर्बुजाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु