Sunday, 24 September 2017 12:27 pm, Nepal

ट्याक्टर दुर्घटनामा ६ घाइते

मेचीकाली : 2014-05-06 08:43:18


ताप्लेजुङ, २३ वैशाख : मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको दोख–४ स्थित ल्याङ्बामा गएराति ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी लेलेप–२ का चालक विकास केदेम, फुङलिङ–५ का सहचालक ललित सिंवा, खाम्लुङ–४ का दीपा केदेम, अन्जु शेर्पा, इन्दिरा शेर्पा र पूजा शेर्पा घाइते हुनु भएको छ । 

घाइते ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सहचालक सिंवाको अवस्था गंम्भीर रहेको छ । चालक केदेमको दाहिने खुट्टा भाँच्चिएको छ । अन्य घाइतेको शरिरका विभिन्न भागमा चोट लागेको छ । मे १ त ३२९२ नंम्बरको ट्याक्टर दोभानबाट बहानन्दे हुँदै काबेली जाने क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु