Sunday, 24 September 2017 02:33 pm, Nepal

सिन्धुलीमा बस दुर्घटना हुँदा ६ को ज्यान गयो,३३ यात्रु घाईते

मेचीकाली : 2014-05-05 08:16:55


सिन्धुली, २२ बैशाख : सिन्धुलीमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३३ यात्रु घाईते भएका छन् । काठमाडौंबाट सिन्धुलीको चकमके जाँदै गरेको बा २ ख ६६०६ नम्बरको रात्री बस सिन्धुलीको करकरे भन्ने स्थानमा बिहान चार बजे  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा सिन्धुली आमबोटेका उद्धव पुलामी मगर, चित्रबहादुर पुलामी, सिन्धुली लामभण्डारका सुकुमाया तामाङ र मकवानपुर हेटौडाका रामेश्वर अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । 

ज्यान गुमाउने अन्य दुई सनाखतच हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेमध्ये ११ जनालाई उपचारका लागि काठमाडौ पठाइएको छ भने १० जनाको सिन्धुली जिल्ला अस्पताल, ८ जनाको धनुषाको लालगढ र ४ जनाको महोत्तरीको बर्दिवासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु