Tuesday, 26 September 2017 12:34 am, Nepal

तरुणदलका कार्यकर्तामाथि खुकुरी प्रहार

रासस : 2014-05-04 10:58:36


मुगु, २१ वैशाख : नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुणदल जुम्लाका सक्रिय कार्यकर्ता गगनबहादुर शाहीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको छ । शनिबार साँझ गमगढीबजारस्थित सोनाम तमाङको घरमा बसिरहेको बेला रोवा गाविस–८ भटडाडी गाउँ स्थायी घर भएका भैरव रोकायाले शाहीलाई टाउकोमा कुखुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । 

  खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि तत्काल रारा अस्तालमा भर्ना गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति पदमबहादुर रावलले बताउनुभयो ।

घाइते शाही बेहोस अवस्थामा रहेको रारा अस्पतालमा उपचारमा संलग्न स्वास्थ्य सहायक सत्यबहादुर मल्लले बताउनुभयो । 

खुकुरी प्रहार गरी फरार भएका रोकायाको गमगढीबजार क्षेत्रमा व्यापक खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पुष्कर केसीले  बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु