Tuesday, 26 September 2017 12:37 am, Nepal

ताप्लेजुङमा ट्याक्टर दुर्घटना एकजनाको मृत्यू, पाँच घाईते

मेचीकाली : 2014-04-29 08:44:48


ताप्लेजुङ, १६ वैशाख : ताप्लेजुङको ढुङ्गेसाघु स्थित दोभान–फाकुम्बा सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यू हुनुका साथै अन्य पाँच जना घाईते भएका छन् । गए राति पौने ९ बजे दोभान बजारबाट सामान लिएर फाकुम्बा जाँदै गरेको मे १ त ६१२ नंबरको ट्याक्टर सडकबाट करीव १२ फिट तल खसेको थियो । 

ट्याक्टर खस्दा ढुङ्गेसाँघु १ बस्ने च्याङ्वा शेर्पाका १५ वर्षीय छोरा ट्याक्टर चालक निम्बु शेर्पाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर दुर्घटनामा घाईते हुनेहरुमा ढुङ्गेसाँघु ३ बस्ने १३ वर्षीय रवि लिम्बु, १४ वर्षीय सुमन लिम्बु, १८ वर्षीय गोरे लिम्बु, १४ वर्षीय युगल लिम्बु र ढुङ्गेसाँघु १ निवासी १७ वर्षीय अरुण तामाङ रहेका छन् । घाईते मध्ये रवि र सुमनको अबस्था गम्भिर रहेकाले धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरीएको छ भने अन्य तीन जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । ट्याक्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु