Sunday, 24 September 2017 12:25 pm, Nepal

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र विस्तार महोत्सव सिन्धुलीमा सूरु हुँदै

मेचीकाली : 2014-04-25 08:45:22


सिन्धुली , १२ वैशाख : “हाम्रो ज्ञान हाम्रो पहिचान, संवद्धिका लागि हाम्रो जागरण्ँ अभियान” भन्ने मुलनाराका साथ सिन्धुलीमा आजबाट दोस्रो नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र विस्तार महोत्सव २०७० सुरु हुदैछ । महोत्सबको बिहान १० बजे सिन्धुलीमाढीको सभागृह हलमा उदघाटन हुनेछ ।  

तामाङ भाषाको सामाजिक संस्था प्राङबोला छार न्हान, सिन्धुलीको आयोजना तथा आदिवासी चलचित्र अभिलेख सस्था काठमाडौ“को सहआयोजनामा यही आजबाट सुरु भएको महोत्सब पर्सीसम्म चल्नेछ । महोत्सवमा नेपाल, भारत, ताईवान र न्यूजरल्याण्ड सहित ४ देशका विभिन्न आदिवासी जनजातीसंग सम्वन्धित २ दर्जनभन्दा वढी वृत्तचित्र तथा छोटो चलचित्रहरु प्रदर्शन गरिने प्राङबोला छार न्हानका अध्यक्षएवम् नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव काजीमान थिङले जानकारी दिनुभयो । । 

 महोत्सबको आज पहिलो दिन मगर समुदायमा आधारित बृत्रचित्र सेफ इन द स्काइ अर्थात आकाशमा भेडा गोठाला मगर चलचित्र गाउला अर्थात भेडीगोठाला, हुल सेनगाल अगुवा भारत, हामी आदीबासी हौ नेपाली म्यूजिक भिडियो, नभनिएको कथा थारु नेपाली, नेवारीमा मुद्धा र जात्रा हाडी गाउको प्रर्दशन हुने जनाएको छ । महोत्सवले आदिवासी जनजाति समुदायको परम्परागत मौलीक ज्ञान, कला र सीपको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्नुका साथै जातीय सा“स्कृतिक सम्बृद्धि र सदभावको विकासमा समेत सकारात्मक मद्दत पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु