Wednesday, 26 September 2018 03:10 am, Nepal

तेह्रथुममा आगलागीबाट एक वृद्धाको मृत्यु, आधा दर्जन घर नष्ट

मेचीकाली : 2014-04-23 08:35:34


तेह्रथुम, १० वैशाख : तेह्रथुमका विभिन्न सामुदायिक बनमा लागेको डढेलो बाट गाउँमा सल्किएर भएको आगलागीमा जलेर १ बृद्धाको मृत्यु भएको छ । आधा दर्जन घर नष्ट हुँदा करिब ४९ लाख बराबरको क्षति भएको छ । तेह्रथुप जिल्लाको दाँगपा १ निवासी कुलवहादुर केवुङ्गको घरमा हिजो दिउँसो आगलागी हँुदा लिम्वुकी ६० बषर््ीाय श्रीमती पम्फादेवी केवुङ्गको घर भित्रै जलेर मृत्यु भएको हो । 

स्थानीय सल्लेरी सामुदायिक वनमा लागेको आँगो फुसको छाना भएको घरमा सल्किँदा आगलागी भएको स्थानीयवासी रमेश वस्नेतले बताउनुभयो  । आगलागीबाट तिन तले काठको घर, दई ओटा मतान र गाई वाख्रा समेत जलेर नष्ट भएका छन्  । घरमा भएको सबै सामाम्री तथा केबुङ्गले सञ्चालन गर्नुभएको एक कुखुरा फर्मका १ सय बढी कुखुरा समेत गरी लिम्बुको झण्डै ३० लाख बढी क्षति भएको प्रहरीले जनाएको छ । । यसैगरि ओख्रे–७ को तिलवारी सामुदायिक वनमा हिजो  दिउसो लागेको आगो हावाले उडाएर ल्याउँदा प्रेमवहादुर विकको तिन तले काठको घर , विष्णुमाया विकको एक घर र टिकाराम लिम्बुको २ तले एक घर समेत जलेर नष्ट भएका छन् । 

आगलागीबाट घरमा रहेको अन्नपात लत्ताकपडा जोगाउन नसकिएकाले लिम्बु र विकको परिवार विचल्लिमा परेको छ । आगलागीबाट पे्रमबहादुर विश्वकर्माको १० लाख  विष्णुमाया विकको ४ लाख र टिकाराम लिम्बुको ५ गरी ओखे्रमा मात्रै करिब १९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका  प्रहरी नायब उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु