dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

१३ जनाको ज्यान गएपछि यस बर्ष सगरमाथा आरोहण नगर्ने सहयोगीहरुको निर्णय

मेचीकाली : 2014-04-20 19:30:43


आरोहण इतिहासकै कालो बर्षका रुपमा मनाइने

सोलुखुम्बु, ७ वैशाख : १३ जनाको ज्यान जानेगरी भएको दुर्घटनापछि यो बर्ष कसैले पनि सगरमाथा आरोहण नगर्ने भएका छन् । आज गरमाथा आधार शिविरमा बसेको आरोही सदस्यहरुको बैठकले यो बर्षलाई सगरमाथा आरोहणको कालो बर्षको रुपमा मनाउँदै कुनै पनि दलले सगरमाथा आरोहण नगर्ने निर्णय गरेको हो । वैशाख ५ गते गएको हिम पहिरोमा परी १३ जनाको ज्यान गएको थियो भने अझै ३ जना हराइरहेका छन् । 

बैठकले आरोही सहयोगीहरुको हितका लागि सरकारसँग विभिन्न मागहरु प्रस्तुत गरेको सोलु अनलाइनले जनाएको छ । बैठकले सम्पुर्ण आरोहीहरुलाई पेन्सनको ब्यवस्था गरिनु पर्ने, आरोहणका क्रममा मृत्यु भएका मृतकका बालबच्चालाई निशुल्क शिक्षाको ब्यवस्था गरिनु पर्ने, आरोहिहरुको जीवन बीमाको रकम वृद्धि गरि २० लाख पु¥याउनुपर्ने लगायतका माग राखेका छन् । 

बैठकले सरकारले चाँडो भन्दा चाँडो बेपत्ताहरुको खोजिकार्य गर्ने व्यवस्था मिलाउनुपर्ने समेत माग गरेको सगरमाथा आधारशिविरबाट खुम्बु क्लाईम्बिङ सेन्टरका उप निर्देशक छोङबा शेर्पाले जानकारी दिएका छन् । निरन्तरको मौसम खराबीका कारण हराइरहेकाहरुको खोजी कार्य जारी रहन सकेको छैन । यस बर्ष विभिन्न आरोहण दलमार्फत ३ सय भन्दा बढीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु