Wednesday, 27 September 2017 12:00 am, Nepal

लालीगुराँस महोत्सवले आन्तरिक पर्यटक आर्कषित

मेचीकाली : 2014-04-16 13:05:14


बागलुङ–बागलुङमा पहिलोपटक आयोजना गरिएको घुम्टे लालीगुराँस महोत्सवले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । दुई दिनसम्म घुम्टेको लेकमा चलेको महोत्सवमा बागलुङलगायत छिमेकी जिल्ला म्याग्दी, पर्वत, गुल्मीका साथै बाहिरी जिल्लाका दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । घुम्टे अध्ययन भ्रमण वर्षको अवसरमा आयोजित महोत्सव गएको चैत ३० र यही वैशाख १ गते घुम्टेको धुरीमै सञ्चालन भएको थियो । 

महोत्सवको पाँच हजारभन्दा बढी दर्शकले अवलोकन गरेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । राष्ट्रिय फूल लालीगुराँसको संरक्षणका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लालीगुराँस महोत्सवको आयोजना गरिएको थियो । 

दश हजार ३९३ फिटको उचाइमा अवस्थित घुम्टेको लेकमा भएको लालीगुराँस महोत्सवले पर्यटकीय क्षेत्र घुम्टेको प्रचारप्रसारमा टेवा पुगेको विश्वास लिइएको छ । केन्द्रले २०७० साललाई घुम्टे अध्ययन भ्रमण वर्ष घोषणा गरी विभिन्न पर्यटन प्रवद्र्धनका क्रियाकलाप सञ्चालन गरेको थियो । “हामीले सोचेअनुसार नै महोत्सव सफल भएको छ, यसले थप उत्साह थपेको छ घुम्टेको बारेमा देशविदेशमा प्रचारप्रसार भएको छ” केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले भन्नुभयो । 

सो महोत्सवमा खुल्ला पर्यटन दौड, लालीगुराँस काव्य गोष्ठी, ग्रामीण पर्यटन विकासमा सञ्चारकर्मीको भूमिका विषयक छलफल कार्यक्रम, फोटो प्रदर्शनी, पर्यटन गोष्ठीका साथमा विविध कला, संस्कृति झल्कने खालका स्थानीय सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो । 

सोही अवसरमा महोत्सवमा जाने आगन्तुकका लागि बितेको वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्ष २०७१ को पहिलो सूर्योदय अवलोकनको कार्यक्रम पनि राखिएको थियो । त्यस्तै घुम्टेको धुरीमै रहेका प्रसिद्ध सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको कार्यक्रम पनि मिलाइएको थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु