Wednesday, 20 September 2017 06:46 pm, Nepal

सिन्धुलीमा आगलागीमा परी एकजनाको मृत्यु

मेचीकाली : 2014-04-15 17:32:43


सिन्धुली, २ वैशाख : सिन्धुलीको महादेव स्थान गाविस वडा नम्बर ७ मा आगलागी हुँदा स्थानीय ७० वर्षका वीरबहादुर थामीको जलेर ज्यान गएको छ । यस्तै दुई बालबालिका बेपत्ता भएको स्थानीय सहदेव मैनालीले जानकारी दिनुभयो । आगलागीबाट वीरबहादुर थामी, सूर्यबहादुर थामीको घर र जितबहादुर थामीको एक घर र एक गोठ जलेर नष्ट भएको छ । 

आगो नियन्त्रणभन्दा बाहिर रहेको स्थानीयबासिन्दाले बताएका छन् । पानीको अभाव हुँदा बिहान करिब साढे ११ बजेबाट अचानक सुरु भएको आगो नियन्त्रणमा लिन समस्या भएको छ । प्रहरी तथा  स्थानीयबासिन्दाको पहलमा आगो निभाउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु