Sunday, 24 September 2017 02:34 pm, Nepal

घोरेपानीमा पर्यटकको चहलपहल बढ्यो

मेचीकाली : 2014-04-12 10:31:06


म्याग्दी-अन्नपूर्ण पदमार्गअन्तर्गत म्याग्दीको घार गाविस– १ मा पर्ने घोरेपानी क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । दृश्यावलोकन र प्राकृतिक सौन्दर्यतामा रमाउन आउने पर्यटकको घोरेपानीमा चहलपहल बढेको हो । एक हप्तायता पर्यटक आगमन उल्लेख्य मात्रामा वृद्धि भएको घोरेपानीका होटल व्यवसायी भीम पुनले बताउनुभयो । उहाँका अनुसार हाल पोखरा, जोमसोम र सदरमुकाम बेनी भएर दैनिक ३०० को हाराहारीमा विदेशी पर्यटक भित्र्न थालेका छन् ।

 देशका विभिन्न सहरबाट आउने आन्तरिक पर्यटकको समेत चाप बढेको छ । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य मानिने घना गुराँसे जङ्गल बीचको टाकुरामा अवस्थित घोरेपानीबाट एक दर्जनभन्दा बढी हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 

घोरेपानीदेखि करिब ४५ मिनेटको उकालो हिँडेपछि पुगिने तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिने भएकाले यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालिएका हुन् । 

जिल्ला सदरमुकाम बेनीदेखि एक दिनको पैदल दुरीमा पर्ने घोरेपानीमा पर्यटकलाई लक्षित गरेर २१ भन्दा बढी सुविधा सम्पन्न होटल खोलिएका छन् ।

इलाका प्रहरी कार्यालय घोरेपानीका अनुसार विसं २०६८ मा २३ हजार ७०० पर्यटकले भ्रमण गरेको घोरेपानीमा विसं २०६९ मा २९ हजार ५४० विदेशी पर्यटक भित्रिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु