Tuesday, 26 September 2017 11:57 pm, Nepal

जाजरकोटको विद्यालयमा इन्टरनेट

मेचीकाली : 2014-04-11 10:52:04


जाजरकोट- जिल्लाको एक प्राविमा पहिलोपटक इन्टरनेट सेवा जडान गरिएको छ । सदरमुकाम खलङ्गाको रामजानकी प्राथमिक विद्यालयमा इन्टरनेट सेवासहितको कम्प्युटर जडान गरिएको हो । जिल्ला शिक्षा कार्यालय जाजरकोट र खलङ्गा गाविसको आर्थिक सहयोगमा इन्टरनेटसहितको कम्प्युटर सेवा जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र शर्माले बताउनुभयो । 

विद्यालयका बालबालिका र शिक्षकहरूलाई लक्षित गरी रु दुई लाख ५० हजार बराबरको खर्चमा तीनवटा कम्प्युटर, फोटोकपी  मेसिन, प्रिन्टर खरिद गरिएको जानकारी उहाँले दिनुभयो ।

जिल्लाकै नमुना विद्यालयका रूपमा परिचित हँुदै गएको उक्त विद्यालयको पठनपाठनमा नयाँ प्रविधि प्रयोग गर्न कम्प्युटरले सहयोग गर्ने प्रधानाध्यापक अच्युतप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार आगामी शैक्षिकसत्रको सुरुवातदेखि नै कम्प्युटरको प्रयोगबाट सबै विषयको पढाइ गरिने  छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु