Sunday, 24 September 2017 02:35 pm, Nepal

दुई दशकदेखि नदीको पानीले तिर्खा मेट्दै

रासस : 2014-03-29 10:34:18


नृपेन्द्रबहादुर मल्ल

मुगु, १५ चैत : जिल्लाको पश्चिम खत्याड भेकको सुकाढिक गाविसस्थित बाजुरासँग जोडिएको झुगला बजार स्थापना भएको दुई दशकसम्म पनि खानेपानीको थप विकल्प नहुँदा स्थानीयवासी नदीको पानी पियर पानीको तिर्खा मेट्दै आएका छन् । 

मुगु, हुम्ला र बाजुराको सङ्गमस्थल बनेको झुगला बजारको विस्तार २०४८ सालमा भए पनि अहिलेसम्म स्वच्छ खानेपानीको व्यवस्था हुन सकेको छैन भने स्थानीयवासी, होटेलमा बस्ने ग्राहक र बाटो हिँड्ने बटुवाले नदीको पानी पिउने गरेको स्थानीयवासी ताराचन्द्र जोशीले बताउनुभयो । नदीको पानी धमिलो भएकाले झुगलाका स्थानीयवासीमा पत्थरीको समस्या देखिएको स्थानीयवासीको भनाइ छ । पानीका कारण मिर्गौलामा पत्थरी भएर शल्यक्रिया गराउने स्थानीयवासी आधा दर्जन छन् । 

खानेपानीका कारण पत्थरी रोग लागेपछि ३६ वर्षका वीरबहादुर वनगिरी, ताराचन्द्र जोशी, खड्क विक, प्रभाव गिरीले शल्यक्रिया गराउनु परेको जोशीले बताउनुभयो । 

 

पत्थरी रोगको समस्यासँगै बालबालिका, वृद्धवृद्धामा आउँ मासी, झाडा पखालाको समस्यासमेत देखिने गरेको छ । सुकाढिक गाविस वडा नम्बर २ र ३ का ४० घर धुरीले होटेल पसल सञ्चालन गरी बसोबास गरिरहेको झुगला बजारमा हिउँद वर्षा नै पर्याप्त माछा पाइने हुँदा बाटो हिँड्ने बटुवा र सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका कर्मचारीको बाक्लो उपस्थिति रहने गरेको छ । वर्षामा नदीको पानी धमिलो हुँदा पानी भरेको तीन÷चार घण्टापछि मात्र पिउन मिल्ने स्थानीयवासीको भनाइ छ । 

 

झुगलाजस्तै श्रीकोट गाविसमा रहेको माथिचौर बजारका स्थानीयवासी पनि खानेपानीको रुपमा खोलाको पानी पिउँदै आएका छन् । सदरमुकाम गमगढी पछिको दोस्रो ठूलो बजारका रुपमा विस्तार हुँदै गएको माथिचौर बजारमा ४३ घरधुरी रहेका छन् भने १२० जना रहेको आवासीय निजी विद्यालय, प्रहरी चौकीसमेत छन् । यिनीहरू सबैले खोलाकै पानी प्रयोग गरिरहेका छन् । माथिचौर बजारमा वर्षमा पाँचदेखि ६ वटासम्म नयाँ घर निर्माण हुने गरेका तथा यो वर्ष मात्र १२ वटा नयाँ घर बन्न लागेको माथिचौर बजार व्यवस्थापन समितिका अध्यक्ष अनन्त जैसीले बताउनुभयो । 

दुवै स्थानका लागि गाउँ नजिक स्वच्छ खानेपानीको मुहान नरहेको तथा स्थानीयले खानेपानीको लागि मुहान खोजे खानेपानीको व्यवस्था गर्न प्रारम्भिक प्राविधिक नक्साकङ्न हुने खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय मुगुले जनाएको छ । जिल्लाभरिकै तथ्याङ्क हेर्दा खोला र नदीको पानी प्रयोग गर्ने बस्ती एक दर्जन रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु