Tuesday, 26 September 2017 11:53 pm, Nepal

नयाँवर्ष महोत्सवमा आन्तरिक पर्यटकलाई आवासमा पन्ध्र प्रतिशत छुट

मेचीकाली : 2014-03-28 17:15:42


-सूर्यचन्द्र बस्नेत

नयाँ वर्ष– २०७१ उत्सवका रुपमा मनाउन पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई आमन्त्रण गर्दै रमणीय फेवाताल किनारमा महोसत्व गर्ने भएका छन् । पर्यटन, संस्कृति र खाना महोत्सवको नाम दिइएको महोत्सव चैत २८ देखि वैशाख २ गतेसम्म फेवाताल किनार पोखरा वसुन्धरा पार्कमा हुनेछ । माछापुच्छे«, अन्नपूर्ण हिमशृङ्खला र तालतलैयाले प्राकृतिक रुपमै रमणीय बनाएको पोखरा उपत्यकामा अवस्थित फेवाताल किनारमा एघाराँै फेवा नयाँ वर्ष महोत्सव आयोजना गर्न लागिएको हो । 

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक पश्चिमाञ्चल क्षेत्रीय होटल सङ्घका अध्यक्ष हरि शर्माले पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवाताल किनारमा महोत्सव गर्न लागिएको बताउनुभयो । 

“महोत्सवमा आन्तरिक पाहुनालाई आवासमा १५ प्रतिशत छुटको व्यवस्था छ, खानपान घुमघाममा पनि छुटको लागि गम्भीर ढङ्गले सरोकारवालासँग छलफल भइरहेको छ,” अध्यक्ष शर्माले भन्नुभयो । 

खानपानका विभिन्न कक्ष, परम्परागत एवम् आधुनिक गीतसङ्गीत र सांस्कृति कार्यक्रम, हेलिकप्टरबाट पोखरा अवलोकन तथा मनोरञ्जनात्मक कार्यक्रम महोत्सव अवधिभर सञ्चालन गरिने महोत्सव संयोजक भरतराज पराजुलीले बताउनुभयो । 

नेपालका मुख्य सहरहरूमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा दिगो पर्यटन विकासका लागि नयाँ पुस्तालाई नेपाली नयाँ वर्ष उत्सवका रुपमा मनाउने संस्कृतिको विकास गर्न सङ्घले विगत ११ वर्षदेखि यो कार्यक्रम गर्दै आएको हो । केही वर्षयताका नयाँ वर्षको महोत्सवमा पोखरामा आन्तरिक पर्यटकको भिडनै लाग्ने गरेको छ । यहाँका ठूला साना होटलहरू आन्तरिक पर्यटकले खचाखच हुने गरेको व्यवसायीको भनाइ छ । 

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम चलाएपछि एक दशकअघि आन्तरिक पर्यटकले दुई प्रतिशत हिस्सा ओगटेकोमा अहिले बढेर ३० प्रतिशत पुगेको व्यवसायीको दाबी छ । 

सो क्रममा पोखराका पर्यटन व्यवसायीले आन्तरिक पर्यटकका लागि जाउँ है पोखरा, भारतीय पर्यटकका लागि चलिए पोखरा भन्ने नारासहित प्याराग्लाइडिङ, चङगा, रोपाइँसहितका विविध महोत्सव गर्दै आएका छन् ।

“पोखरामा आन्तरिक पर्यटकको आगमन दर भविष्यमा ५० प्रतिशत पु¥याउने लक्ष्य छ,” सङ्घका निवर्तमान अध्यक्ष विप्लव पौडेलले भन्नुभयो । 

नेपाल र भारतबाहेक अन्य मुलुकका लागि पोखरा “प्योर एन्ड पर्फेक्ट” अभियान चलाइएको छ । पोखरामा बर्सेनि लाखौँ स्वदेशी एवम् विदेशी पर्यटक पुग्ने गर्छन् । 

काठमाडौँबाट २०० किलोमिटर पश्चिममा अवस्थित पोखरामा फेवा, रुपा बेगनाससहित सात ताल, महेन्द्र, चमेरे, गुप्तेश्वरलगायतका गुफा, तालबाराही, विन्ध्यवासिनी लगायतका मन्दिर र शान्ति स्तुपसहितका गुम्बा यस क्षेत्रका दर्शनीय स्थल हुन् । 

गहिरो खोच बनाएर बगेको सेती नदी, पुरानो नेवार बस्तीसहितको बजार, पातले छाँगा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले पोखरा पुग्ने पर्यटकलाई घुम्ने ठाउँको अभाव हुन दिँदैन । 

धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«लगायतका मनोरम हिमशृङ्खलाले घेरिएको उपत्यकामा प्याराग्लाइडिङ, अल्ट्रालाइट, पदयात्रासहित साहसिक गतिविधिका कारणले पनि पोखरा विश्वकै पर्यटकका लागि लोभलाग्दो ठाउँको रुपमा रहेको सङ्घका निवर्तमान अध्यक्ष विप्लव पौडेलको भनाइ छ । 

महोत्सवमा खानाका करिब डेढ दर्जन तथा पर्यटन, कृषि, संस्कृति एवम् व्यापारिक कक्षहरू रहनेछन् । महोत्सवबाट रु ४१ लाख आम्दानी र रु ३९ लाख खर्च हुने तथा रु दुई लाख बचत हुने आयोजकको अनुमान छ । 

महोत्सव अवधिमा खानपान, आवाससहित घुमघामाका लागि प्रतिव्यक्ति रु दुई हजार ७७७ देखि रु २७ हजार ७७७, प्याराग्लाइडिङ तथा अल्ट्रा लाइटमा रु १६ हजार ७७७ देखि रु ४१ हजार ७७७ तथा नवविवाहित जोडीका लागि रु तीन हजार ५५५ देखि रु २५ हजार ५५५ को प्याकेज कार्यक्रमको व्यवस्था व्यवसायीले गरेका छन् । शैक्षिक भ्रमणमा भने प्रतिव्यक्ति रु एक हजार ६६६ देखि रु २६ हजार ६६६ को प्याकेज कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु