Sunday, 24 September 2017 12:31 pm, Nepal

खर्च अभावले अस्पतालमै महिला अलपत्र

मेचीकाली : 2014-03-28 08:43:46


डडेल्धुरा, १४ चैत : नेपालगञ्जमा उपचार गराईरहनु भएका डडेल्धुरा जिल्लाको बगरकोट गाविस न्यालेकका ३५ बर्षिया बसन्ती देवी कामी उपचार रकम अभावका कारण अस्पतामै बस्न बाध्य हुनु भएको छ । एक महिना अघि लड्नु भएका कामीको उपक्षेत्रिय अस्पताल डडेल्धुरा ल्याईएको भएपनि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो । 

नेपालगञ्ज पुगेपछि उपचार राम्रो भएको तर अस्पतालमा लागेको खर्च तिर्न नसक्दा अस्पतालले डिस्चार्ज नगरेको कारण बसन्ती अस्पतालमा बस्न बाध्य हुनुभएको हो । बसन्तीको उपचारको खर्च जुटाई  घर ल्याउन आजदेखि डडेल्ःधुराका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले आर्थिक संकलन गर्ने जनाएका छन् । जिल्लाकासम्मुर्ण व्यापारी उद्योगी संघ संस्था तथा सर्व साधारणलाई सहयोगको लागि आग्रह गरिएको छ । घाईते बसन्ती अस्पतालमा बसेपछि घरमा रहेका तीन जना छोराछोरी अलपत्र परेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु