dashain
Wednesday, 17 October 2018 04:12 pm, Nepal

कालीमार्सी धान बीजारोपणको ऐतिहासिक दिन

रासस : 2014-03-26 19:14:32


जुम्ला, १२ चैत : विश्वको सर्वाधिक अग्लो स्थानमा धान फल्ने जिल्लाको रुपमा परिचित जुम्लामा प्रत्येक वर्षको चैत १२ गते  कालीमार्सी धान बीजारोपणको ऐतिहासिक दिन मानिन्छ ।  जुम्ला लगायत कर्णालीका अन्य जिल्लामा पनि किसानले धान केलाउने, आफ्नो रोपनी अनुसारको बीउ नदी किनार लिएर पानीमा भिजाउने, १६ गते त्यसलाई उतारेर घरमा ल्याउने र ४ दिनसम्म न्यानो बनाई पोटिलो मुना निकाल्ने अभ्यास गर्ने गरिन्छ ।

धानबाट टुसा निस्केपछि चैत २० गतेका दिन बेर्नामा छर्ने संस्कृति विद्यमान रहँदै आएको तातोपानी गाविसका स्थानीय वयोवृद्ध गोरबहादुर बुढाले जानकारी दिनुभयो । 

यतिवेला राखेको धानको बीउले जेठ महिनामा रोपिने दिनको निर्धारण गर्ने पनि बुढाले अवगत गराउनुभयो ।

त्यसैगरी, मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमका हिमाली जिल्लाका सर्वसाधारण यसै दिनलाई महत्व दिँदै कुनै पनि हालतमा घर पुग्ने संस्कार यहाँ कायम छ । 

आजका दिन एकातिर लामो समयदेखि घर नफर्केका परदेशी र घरपरिवारको मिलनको अवसर मानिन्छ भने अर्कोतिर जीवन निर्वाहका लागि खेतीको सुरुवातको महत्वपूर्ण दिन मानिन्छ । यी तथ्यलाई उहिलेदेखि नै महत्व दिँदै आएको सँस्कृतिविद् रमानन्द आचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु