Saturday, 23 September 2017 05:53 am, Nepal

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै दहचोक

मेचीकाली : 2014-03-22 16:16:11


काठमाडौँको पश्चिमभेगस्थित दहचोक पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।काठमाडौंँको कलङ्कीदेखि जम्मा ५ किमी उत्तर पश्चिममा अवस्थित दहचोकमा पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटकहरु पदयात्राका लागि दिनहुँ जाने गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण दहचोकको डाँडामा रहेका पौराणिक महत्वका इन्द्र दह, कालुपाण्डेको समाधीस्थल, पृथ्वीनारायण शाहले निर्माण गरेको प्राचीन मनकामना मन्दिरको अवलोकन पनि पदयात्रीको रोजाइको विषय बनेको छ ।

लगभग दुई घण्टा समयावधिको छोटो दुरीको पदयात्राका लागि आकर्षक गन्तव्य बनेको दहचोकमा विशेषगरी सार्वजनिक विदाका दिन स्वदेशी पर्यटकहरु पदयात्राका लागि पुग्ने गरेको दहचोक पर्यटन विकास समाजका कोषाध्यक्ष शशी गिरी बताउनुहुन्छ ।

समुद्री सतहबाट २३७० मिटर उचाइमा रहेको दहचोकमा पदयात्राका माध्यमबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न र ऐतिहासिक स्थलहरुकोे अवलोकनमा पदयात्रीहरु रमाउने गरेको गिरीले बताउनुभयो ।

पदयात्राका लागि दहचोक गाविसको वडा नं ३ स्थित खहरेबाट इन्द्रदहसम्म पुग्ने पदमार्गको निर्माण सम्पन्न भइसकेको छ भने पदयात्रीहरुले दहचोकको वडा नं ४ वस्नेत छापदेखि इन्द्र दहसम्मको अर्को मार्ग पनि प्रयोग गर्ने गरेका छन् ।

पछिल्लो समयमा नैकाप, दहचोकको गछेगाउँ र वस्नेत छापबाट पनि इन्द्र दहसम्म पुग्ने मोटरबाटो निर्माण भएका पदयात्राका साथै अवलोकनका लागि पनि पर्यटकहरु इन्द्र दहसम्म पुग्ने गरेको दहचोक एकता क्लबका अध्यक्ष रोशन दानीले बताउनुभयो ।

उहाँका अनुसार दहचोक पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गए पनि यस क्षेत्रमा खानेपानीको चरम समस्याले पदयात्रीहरुलाई समस्या पर्ने गरेको छ ।

पदयात्राका लागि जाने पदयात्रीहरुलाई बाटोमा खानेपानीको सुविधा मात्र उपलब्ध गराउन सके पनि उनीहरुले ठूलो राहतको अनुभूति गर्ने उहाँले बताउनुभयो ।

उपत्यकामा विभिन्न पदयात्राका गन्तव्यहरु विकास भए जस्तै पदयात्रालाई लक्षित गरी विभिन्न पूर्वाधारहरु विकास गर्न सकेमा दहचोक उपत्यकाकै उत्कृष्ट रोजाइमा पर्नसक्ने अवस्था देखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु