dashain
Monday, 15 October 2018 05:04 pm, Nepal

पत्रकार महासंघको अधिवेशन जारी : जुम्लामा महत र महोत्तरीमा पौडेल

मेचीकाली : 2014-03-13 08:40:10


रुकुममा स्थगित अधिवेशन आज हुने

जुम्ला, २९ फागुन : बरमबहादुर महतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाल पत्रकार महासंघ जुम्ला शाखाको चौथो अधिवेशन सकिएको छ । गएराती अबेर सकिएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाट कार्यसमिति चयन गरिएको हो । अध्यक्षका प्रत्यासी प्रकाशचन्द्र खत्रीलाई ५ मतले पराजित गर्दै अध्यक्षमा बरम बहादुर महत दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

 महतका पक्षमा २२ मत परेको थियो भने खत्रीको पक्षमा १७ मत परेको थियो । अध्यक्ष सहित कार्यसमितिका अधिकाँश पदाधिकारी महत प्यानलका छन् । उपाध्यक्षमा कृष्णमाया उपाध्यायलाई पराजित गर्दै रमेश आचार्य निर्वाचित हुनु भएको छ । सचिवमा सुरबहादुर सिंह विजयी हुनुभएको छ भने सहसचिवमा शिवा शाही तथा कोषाध्यक्षमा पे्रमबहादुर थापा विजयी हुनुभएको छ ।सदस्यहरुमा तिर्थराज न्यौपाने, पदम बहादुर रोकाया, भैरव बहादुर डाँगी, धिरज महत, उमेश आचार्य र ईश्वरी प्रसाद देवकोटा निर्वाचित हुनुभएको छ । दलित सदस्यमा भिम साने, जनजाती सदस्यमा साङमो लामा र महिला सदस्यमा निरमाया भट्टराई निर्बिरोध निर्वाचित हुनुभएको हो । केन्द्रीय पार्षद चयन गर्नका लागि पनि निर्वाचन गर्नु परेको थियो । जसमा नरेन्द्रनाथ योगी, खगेन्द्र मल्ल, पूर्ण प्रसाद चौंलागाई, बिक्रम बुढा, नेत्र बहादुर शाही, देवी प्रसाद पाण्डे र गोबिन्द महत निर्वाचित हुनुभएको थिए । पत्रकार महासंघ जुम्ला शाखामा ५४ जना सदस्य आवद्ध रहेकोमा मतदान प्रक्रियामा ४० जना मात्रै सहभागि भएका थिए । 

 

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्षमा पौडेल 

नेपाल पत्रकार महासंघ महोत्तरीको  ९औं अधिवेशनले ईश्वरी पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ  । सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा धिरेन्द्र राय, सचिवमा विक्रम रौनियार, सहसचिवमा दिपिका कुमारी साह १४ र कोषाध्यक्षमा मेनुका कुमारी सिंह तथा अरु सदस्यहरु रहेका छन् । अधिवेशनले हरिप्रसाद मण्डल, राकेशप्रसाद चौधरी, ईश्वरी काफले र गोपाल बराललाई केन्द्रिय पार्षदमा चयन गरेको छ ।

 

पत्रकार महासंघ रुकुमको अधिवेशन आज 

हिजो हुने भनिएको पत्रकार महासंघ रुकुमको चौथो जिल्ला अधिवेशन आजसम्मका लागि स्थगित भएको छ । आआफ्नै अडानपछि सहमति ननिस्किएपछि अधिवेशन उद्घाटन हुन नसकि आज बिहान १० बजेसम्मका लागि स्थगित भएको हो । उद्घाटन नहँुदै विभिन्न पार्टी सम्बद्ध पत्रकार संघबीच गुट उपगुट सुरु भएपछि अधिवेशन सुरु हुन नसकेको हो । बिहान ११ बजे उद्घाटन हुने भनिएको अधिवेशन सबैले आफ्नो हठ नछाडेपछि अन्तत उद्घाटन नै हुन नसकि रोकिएको  हो । सबै कुरामा समावेशी हुनुपर्छ भनेर आदर्शका मिठा कुरा फलाक्ने पत्रकारबीच नै यसरी राजनैतिक गुटउपगुट सुरु भएपछि अधिवेशनमा प्रत्यक्ष असर परेको छ । अधिवेशन आज बिहान १० बजे सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु